0


                        आत्मनिर्भर बन्दै

ढाका कपडा बुनेर पाँचथरका विपन्न तथा घरेलु हिंसा पिडित महिला आत्मनिर्भर बन्दै गएका छन् । घरेलु तथा साना उद्योग विकास समिति पाँचथरले निःशुल्क रुपमा ढाका कपडा बुन्ने तालिम प्रदान गरेपछि महिला आत्मनिर्भर बन्दै गएका हुन् ।
ढाकाकपडा बुनाई ताालिमपछि विपन्न र घरेलु हिंसामा परेका महिलाका लागि स्वरोजगार बन्न टेवा पुगेको घरेलु तथा साना उद्योग विकास समिति पाँचथरका प्रमुख लक्ष्मिप्रसाद दाहालले बताउनुभयो ।  
स्थानीय तथा राष्ट्रिय बजारमा ढाका कपडाको माग बढ्दै गएपछि महिलाहरुले घर घरमै तान राखेर कपडा बनाई बिक्रि गर्दै आएका छन् । मानिसले प्रयोग गर्न मिल्ने सबै सामग्री बनाउने भएकाले पाँचथर जाने पर्यटकहरुले पनि ढाका कपडा कोसेलीका रुपमा खरिद गर्दै आएका छन् ।
घरेलु तथा साना उद्योग विकास समितिका अनुसार पाँचथरमा ३५ वटा ढाका कपडा उद्योग दर्ता भई तीन सय जना ग्रामीण क्षेत्रका महिलाले रोजगार पाएका छन् ।

Post a Comment

 
Top