0


 स्थानीयले ६३ औं प्रजातन्त्र दिवशको साटो यस पटक बारामा सिमरामा  पूर्व रानी कोमल शाहको ६३ औं जन्म दिन सयौं सर्वसाधारणले मनाएका छन् । 
   विभिन्न व्यानर, झाँकी सहित आएका सर्वसाधारणले पूर्व रानीलाई फूल गुच्छाका साथ शुभकामना दिएकाथिए ।
 कोमलको बाँया छेउमा उभिएर उनकी बुहारी हिमानी हात जोडेर भेटेन आउनेलाई नमस्कार फर्काईरहेकी थिईन् । छोरीहरु प्रेरणा र धीरेन्द्र शाहका छोरीहरु कोमलका पछाडि उभिएकाथिए । तर, सर्वसाधारणलाई भेट्न पूर्व राजा ज्ञानेन्द्र भने उपस्थित थिएनन् ।पारसका छोरा ह्ृदयन्द्र लगायत तीन बालबालिकाले हजुर आमा कोमलको सम्मान आएका सर्वसाधारणलाई दायाँ तर्फ रहेको घीउ रङ्ग लगाएको दुई तल्ला घरबाट नियालिरहेकाथिए । त्यसैक्रममा ज्ञानेन्द्र आएर ती बालबालिकालाई झ्यालबाट हटाउँदै आफूले पनि एक पटक श्रीमती कोमल र शुभकामना दिन आउने भीडलाई हेरेकाथिए ।
  काठमाण्डौं सामाखुशीबाट आएकी पूर्णिमा गुरुङ्ग कोमललाई भेटेर फर्कदाँ आँखामा आँशु छछल्किएको थियो ।पहिलो पटक भेट्न पाएँकीले खुशी र पीडा बोधले अनायास नै आँशु झरेको उनले बताईन् । 
  नेताको विश्वास लाग्न छोडेकोले अब फेरि राजा चाहिने सिमराकी रञ्जिता ढकालले बताईन् ।
 सादा पोशाकमा व्यापक रुपमा सेना र सशस्त्र प्रहरीले भेट्न आउनेलाई व्यवस्थित गरेकाथिए ।
  शुभजन्मोत्सव नागरिक मूल समारोह समिति परिवारले हिजो,हाज र भोलि कोमलको जन्म दिन विभिन्न कार्यक्रम सहित मनाउने जनाएकोछ । हामी पूर्व रानी कोमलको जन्मदिन तीन दिन मनाउनेछौं ।समितिका अध्यक्ष उष ठाकुरले बताईन् । 
 यस पटक कोमलको जन्म दिन सिमरामा मनाउने कार्यक्रम सहित काठमाण्डौबाट माघ २६ गते आएका हुन् ।
 सिमरामा सम्पन्न फुटबल प्रतियोगिता अन्तर्गत हिमालयन शेर्पा र मछिन्द्र टीम वीच भएको प्रतिस्पर्धात्मक खेल पूर्व राजा ज्ञानेन्द्रले हेरेकाथिए । कोमल लगायत परिवारका अन्य सदस्य जन्मदिनको अवशरमा आज सार्वजनिक भएकाछन् ।
दिउँसो  २ बजे पछि सर्व साधारणलाई भेट्न खुल्ला गरेपछि प्रभु समशेर जबराको सिमरा स्थित घर अगाडि  लागेको एक किलोमिटर  सर्वसाधारणको लामले पथलैया– वीरगञ्ज सडक खण्ड समेत अवरुद्ध भएको थियो । यातायात सुचारु गर्न ट्राफिक प्रहरीलाई समस्या परेकोथियो ।
श्री ५ बडामहारानी लेखेकोमा चार दलको विरोध 
  पूर्व रानी कोमल शाहको जन्म दिनको अवशरमा छापिएको व्याच तथा व्यानरमा श्री ५ बडा महारानी लेखेकोमा नेकपा–माओवादी,ए नेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमालले विरोध जनाउँदै एक विज्ञप्ति प्रकाशित गरेकाछन् । 
नेपालको अन्तरिम सम्बिधान०६३लाई चुनौती दिँदै सार्वजनिक रुपमा पूर्व रानी कोमल शाहको जन्म दिनको अवशरमा छापिएको व्याच तथा सन्दर्भ सामाग्रीमा श्री ५ बडामहारानी भन्ने उल्लेख भएकोले सम्बिधान विरोधी गतिविधि भएकोले स्थानीयलाई त्यस विरुद्ध खरो उत्रन विज्ञप्तिमा आग्रह गरेकोछ । 
सम्बिधान विरोधी गतिविधि तत्काल नरोके संर्घष थाल्ने विज्ञप्तिमा उल्लेख गरेकोछ ।
 नेकपा– माओवादीका गाउँ समिति सिमराका उपाध्यक्ष माधव उपाध्याय,नेकपा एमाआृवादीका अध्यक्ष रमेश खरेल, नेपाली काँग्रेसका सभापति छविलाल शर्मा र नेकपा एमालेका अध्यक्ष दीपक भट्टले विज्ञप्तिमा हस्ताक्षर गरेकाछन् । 





Post a Comment

 
Top