0


बाराका विद्यालयहरुले विद्यार्थीहरुमा पनि म्याराथुन दौर प्रतियोगिता तर्फ आकर्षित गराउने उद्येश्यले  गरिएको क्रस कन्ट्री रेस दौड प्रतियोगितामा  कृष्ण चौधरी प्रथम भएका छन् ।

बाराको डुमरवानास्थित राष्ट्रिय विभूती  सामुदायिक शिक्षा सदनको ११ औ बार्षिकोत्सवको अवसरमा  सम्पन्न प्रतियोगितामा उनले ४ हजार मिटरको दुरी १८ मिनेट ५७ सेकेण्डमा पुरा गरेकाथिए ।
द्धितीय भएका  मनोज तसिजुले  १९ मिनेट ३० सेकेण्ड र  श्याम सापकोटाले दुरी १९ मिनेट ३७ सेकेण्डमा पुरा गर्दै तृतीय भएका छन् । 
  भारती चोक, नयाँबस्ती भवानीपुर हुदैँ विद्यालयमा आई पुगेको प्रतियोगितामा कक्षा ६ देखि १० सम्मका ५७ जना छात्र सहभागी थिए । 
प्रतियोगितामा उत्कृष्ठ भएका विद्यार्थीलाई फागुन १० गते हुने बार्षिकोत्सव समापन कार्यक्रममा पुरस्कृत गरिने विद्यालयका ईसीए ईन्चार्ज भोजराज सुवेदीले जानकारी दिएका छन् ।



Post a Comment

 
Top