विभु अधिकारी,बारा
१७ फागुन
महेन्द्र तथा त्रिभुवन राजमार्गको सङ्गम स्थल बाराको पथलैया संस्थागत रुपमा नेपालमै पहिलो पटक “ धुँवा रहित राजमार्ग होटल ”क्षेत्र घोषित भएको छ ।
कम दाउराको प्रयोगले छिटो समयमा धेरै खाना पाक्ने र स्वास्थ्यलाई पनि कम हानी पु¥याउने भएकोले पथलैयाका होटल व्यवसायी त्यस तर्फ आकर्षित भएकाहुन् ।
शवप्रसादले सानो कामले स्वास्थ्य क्षेत्रमा ठूलो योगदान दिएकोले धुँवा रहित चुलोको महत्व धेरै रहेको बताए । अब पथलैया हेटौडा सडक खण्डको तीन नम्बर पुललाई पनि धुँवा रहित राजमार्ग होटल क्षेत्र घोषणा गर्ने तयारी गरिरहेको उनले थपे ।
धुँवा रहित चुलो जाडान गरेर स्थानीय हाटल व्यवसायीहरु खुशी भएकाछन् ।
आशिर्वाद होटलका मैया लम्सालले भनिन्–धुँवाले गर्दा काम गर्न नै गा¥हो भैरहेको बेला धुँवा रहित चुलोले हाम्रो लागि वदान नै भएर आएकोछ । चुलो राखेपछि आँखा भत्भत् पोल्ने समस्याबाट मुक्त भएकीछु ।
वन विनासको कारण दाउरा पाउन गा¥हो र महङ्गो भैरहेकोले चुलो उपयुक्त देखिएको दीप होटलका दीपाञ्जन लामाले बताए ।
शुरुमा गा¥हो मान्ने व्यवसायीहरु विभिन्न फाईदा हुने थाहा पाएपछि अहिले होटल व्यवसायी धमाधम चुलो राख्न थालेकाछन् ।
पथलैया–वीरगञ्ज औद्योगिक करिडोर क्षेत्रमा स्थापित उद्योगहरुबाट निस्कने धुँवा धुलोले वातावरण प्रदुषित बनाएकोले प्रदुषण रहित बनाउन सचिव केशवप्रसाद सङ्ग अनुरोध गरेकाछन् ।
होटल क्षेत्रमा मात्र होईन कलकारखाना क्षेत्रमा पनि प्रविधि जडान गरेर धुँवा रहित क्षेत्र बनाउन आवश्यक रहेको बाराका स्थानीय विकास अधिकारी चिरञ्जिवी भण्डारीले औल्याए ।
संयुक्त होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष दीपक सिम्खडाले भने– होटल त धुवाँ रहित क्षेत्र बन्यो चाँडै उद्योग पनि धुँवा रहित बनाउन सम्बन्धित पक्षलाई अनुरोध गर्दछु ।
होटल क्षेत्रमा मात्र होईन कलकारखाना क्षेत्रमा पनि प्रविधि जडान गरेर धुँवा रहित क्षेत्र बनाउन आवश्यक रहेको संयुक्त होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष दीपक सिम्खडाले बताए । होटल त धुवाँ रहित क्षेत्र बन्यो चाँडै उद्योग पनि धुँवा रहित बनाउन सम्बन्धित पक्षलाई अनुरोध गर्दछु ।
आर्थिक नगरी वीरगञ्ज देखि २५ किलोमिटर उत्तरमा रहेको पथलैया विशेष गरी ट्रकका चालक,सह–चालक र यात्रीका खाना र नास्ता खाने स्थानको रुपमा चर्चित रहेकोछ ।
मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका अनुसार दैनिक दुई हजार सवारी साधन आवतजावत गर्छन् ।
जिल्ला विकास समिति बाराको सहयोगमा विभिन्न संघ स्स्थाले धुँवा रहित चुलो राख्ने अभियान चलाएकाहुन् ।
Post a Comment