0

निकास निकाल्न प्रधान न्यायधीश नै प्रधानमन्त्री उपयुक्त ः नेता ओली
विभु अधिकारी
 बारा,१२फागुन
देश संक्रमणकाल अवस्थामा संवैधानिक रिक्तता बढ्दै जाँदा  संविधानको बाटो खण्डित भैसकेकोले बाटो खोजेर निकास निकाल्न प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन आवश्यक रहेको एमाले नेता केप ीओलीले बताएकाछन् ।
  बाराको परवानीपुरमा आज सम्पन्न जन सभामा ओलीले भने–  सरकार राजनीतिक पार्टीले बनाउनुपर्ने भएपनि हेटौडा महाधिवेशनमा एकिकृत माओवादी उत्तेजनामा आई खुस्काएको कुरालाई समातेर प्रधान न्यायाधीशलाई प्रधानमन्त्री बनाएर अहिलेको ढटुवा सरकारलाई विस्थापित गरी संयुक्त सरकारको पहलमा जेठ महिना भित्र निर्वाचन गर्न आवश्यक छ ।  
देश विरामी परेको अवस्थामा भएकोले स्लाईनबाट खाना ख्वाएर बचाई मुखबाट खान खाने बनाउनु पर्ने विशेष परिस्थिति भएकोले प्रधान न्यायाधीशलाई प्रधानमन्त्री बनाउन परेको उनले बताए ।
 आफ्नै पार्टीका अर्का नेता माधव नेपालले न्यायधीश प्रधानमन्त्री बनाउने कुरामा विरोध गरिरहेको बेला केपीले उनलाई ईङ्गित गर्दै उदाहरण सहित प्रस्तुत भए – जुत्ता फुकालेर खोला तर्नुपर्छ भनेर एक विद्धानले कुनै समयमा लेखेको कुरालाई जस्ताको त्यस्तै गर्न चाहनले पुल बनेपछि पनि फुकाल्नु आवश्यक नभएको बताउँदै किताबी कुराले मात्र सबै कुराको निकास ननिस्कने हुँदा व्यवहारिक पक्ष पनि हेर्नुपर्छ ।
  भाषणको क्रममा नेता ओलीले माओवादीको जनयुद्धले देश अगाडि होईन, भग्नावेशबनाएको ओलीले दावी गरे । ओलीले भने माओवादी झुण्डिएको अवस्थामा रहेको छ । जनयुद्धको नाममा १७ हजार नेपालीको बलिदान दिएर बनेको पार्टीका नेताहरुलाई नै आफ्नै नीति थाहा छैन । माओवादीले पहिले प्रचण्ड पथ, जनयुद्ध र नव जनवाद छाडेकाले उनीहरु कहाँछन् ?कुन सिद्धान्तबाट चल्छन् भन्ने कुरा नै पत्तो नभएको बताए ।
 ओली मधेशवादी दललाईपनि प्रतिप्रश्न गरे–गृहमन्त्री हुदाँ नागरिकताको बारेमा एक शब्द नबोल्ने पार्टीहरु चुनावमा जाँदामात्र कोट्टयाएर जनतालाई झुक्याएको होईन र?
कार्यक्रममा अमर यादव,देवनारायण चौधरी,केन्द्रीय सल्लाहकार समिति सदस्य पुरुषेत्तम पौडेल,केन्द्रीय वैकल्पिक सदस्य अचुत मैनाली, केन्द्रीय सदस्य रामचन्द्र साह र महमुद आलमले आफ्ना धारणा राखेकाथिए ।
 सभाका वक्ताहरुले पनि माओवादी पार्टीको खण्डनमा भाषण खर्चेकाथिए ।

Post a Comment

 
Top