0

 पूर्व राजा रानी ज्ञानेन्द्र  र कोमलशाहले शुक्रबार बाराको सिमरा स्थित राम जानकी मन्दिरमा पूजा गरेकाछन् । 
  सामान्य पूजा गरेपछि उनीहरुले मन्दिरमा तीन पटक परिक्रमा गरेकाथिए ।
 छोरा पारस विरामी भएकोले शीघ्र स्वास्थ्य लाभको कामनाका लागि राम जानकी मन्दिर गएको हुन सक्ने स्थानीयले अनुमान गरेपनि स्रोतका अनुसार आफ्ना जिजु आमाको तिथिको दिन परेकोले मन्दिर दर्शन गरेकाहुन् । 
  हिजो साँझ उनका सुरक्षामा खटिने कर्मीले मन्दिरका पुजारी गौरी पकवाललाई भेटी मन्दिर खुल्ला राखिदिन अनुरोध गरेकाथिए । 
बाराको मुसर्नीमाई , कृष्ण मन्दिर लगायत अन्य मन्दिरमा जाने कार्यक्रम रहेपनि राम जानकी मन्दिरमा मात्र पूजा गरेर प्रभु निवास फर्केकाथिए । कार्यक्रम बिना नै अचानक मन्दिर आईपुगेकोले वरिपरि रहेका केही स्थानीयको मात्र उपस्थिति रहेकोथियो ।
उनलाई भेट्न मन्दिर परिसरमा बसेका केही शुभ चिन्तकहरुसङ्ग केही बेर समान्य बोलचाल गरेर परिचय लिएकाथिए ।
   भोलि वीरगञ्ज स्थित गहवा मन्दिरमा उनले पूजा अर्चना र शुभचिन्तकहरुले पारसको स्वास्थ्य लाभको कामना गर्दै गर्ने दीयो बाल्ने कार्यक्रम रहेको स्रोतले जनाएकोछ ।  ज्ञानेन्द्रका निजी सचिव सागर तिमिल्सेनाले शुरुमा बारा,पर्सा,रौतहट,सर्लाही लगायत मध्य तराईको विभिन्न जिल्लामा धार्मिक कार्यक्रमा सहभागी हुने बताएकाथिए ।तर,अचानक उनका छोरा पारस  र नातिनी कार्तिकेय विरामी भएपछि कार्यक्रम हाललाई स्थगित भएको हुनसक्ने उनका नजिककाले अनुमान गरेकाछन् । 
एक महिना बस्न माघको अन्तिम साता शाह परिवार सिमरा आईपुगेका हुन् । हिमानी लगायत परिवारका अन्य सदस्य विाहन मार्फत तत्काल काठमाण्डौ फर्केकाथिए । साथमा ज्ञानेन्द्रका निजी सचिव सागर तिमिल्सेना समेत काठमाण्डौ गएको स्रोतले जनाएकोछ ।अहिले सिमरा स्थित प्रभु शम्सेरको घरमा पूर्व राजा र रानी मात्र रहेकाछन् । उनीहरुको साथमा प्रभुशम्सेर पनि छन् ।
फागुन ७ गते पूर्व रानी कोमलको जन्म दिन पनि धुमधामका साथ मनाएकाथिए ।जन्म दिन मनाउन वरिपरिका जिल्लाका शुभचिन्तकहरुको भींड लागेकोथियो । पुर्व राजा  ज्ञानेन्द्रले यहाँ बसेर विभिन्न कार्यक्रममा सहभागि जनाउने बताइएपनि सिमरामा सम्पन्न फुटबल प्रतियोगिता अन्तर्गत सङ्कटा र हिमालयन शेर्पा वीच भएको खेलमा पहिलो पटक दर्शकको रुपमा सहभागि भएकाथिए । त्यसको धेरै दिन पछि दोस्रो पटक आज मन्दिरमा पूज ागर्न पुगेका हुन् । 




 केही सञ्चार माध्यममा पूर्व युवराज पारसको मृत्यु भएको हल्ला स्थानीयमा चासोको विषय बन्न पुगेकोछ । बाराको सिमरा लगायत विजभिन्न स्थानमा स्थानीय वीच पारसको बारेमा चर्चा पाएको छ । तर शुरु देखि नै पूर्व राजाको विभिन्न कार्यक्रममा सहभागि हुदै आएका राष्ट्रिय युवा मोर्चाका जिल्ला उपाध्यक्ष सुरज लम्सालले हल्ला निराधार रहेको र शीघ्र स्वास्थ्य लाभको लागि  दीयो बालेर विभिन्न मठ मन्दिरमा पूजा गरिरहेको बताए । उनले जिल्ला भरिको मन्दिरमा पारसको स्वास्थ्य लाभको कामना गर्दै पूजाआजा गर्ने कार्य निरन्तर रहने जनाएकाछन् । 


Post a Comment

 
Top