बारा,१३ फागुन
पूर्व राजा–रानी ज्ञानेन्द्र र कोमल शाह आज दिउँसो सिमराबाट काठमाण्डौं फर्केकाछन् । शाह दाम्पत्ती उनका छोरा पारस चिन्ताजनक अवस्थामा बैङ्कक स्थित अस्पतालमा भर्ना भएकोले समय छोट्ट्याई फर्केकाहुन् ।
पारस विरामी भएको जानकारी पाउना साथ सिमरा विमान स्थलबाट फ्लाईटका लागि अग्रीम बुकिङ्ग गराएपनि आज विहान अचानक टिकट कम्फर्म गराई फित्र्ता गएकाहुन् । उनीहरु दिउँसो १२ .२० बजेको ५५४ नम्बरको बुद्ध एयरबाट फर्केको सिमरा विमान स्थल स्थित बुद्ध एयरको बुकिङ्ग काउण्टरले जनाएकोछ ।
पूर्व राजा–रानीको अनुहार मलिन रहेको विमान स्थलमा रहेका प्रत्यक्षदर्शीले बताएकाछन् ।
पूर्व रानी कोमलको जन्म दिनमा पूर्व युवराज पारस बाहेक पूर्व युवराज्ञी लगायत अन्य सदस्य उपस्थित रहेकाथिए ।
पारस विरामी परेको जानकारी पाउन साथ अन्य सदस्य तत्काल काठमाण्डौ फित्र्ता भएकाथिए ।
मध्य तराईका विभिन्न जिल्लामा धार्मिक तथा अन्य समाजिक कार्यक्रममा सहभागी हुन एक महिनाका लागि सिमरा आएका शाह परिवार १६ दिनमा नै फर्केकाहुन् ।
पूर्व राजारानी परिस्थितिले गर्दा बसाई छोट्टाएर फर्कदाँ सिमरा बसेर विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम समेत प्रभावित भएकोछ ।
राष्ट्रिय युवा मोर्चाका उपाध्यक्ष सुरज लम्सालले भने– पूर्व राजारानीको जनकपुर देखि बारासम्मका विभिन्न कार्यक्रममा सहभागी हुने योजना थियो । तर, परिस्थितिले समय भन्दा पहिले नै उहाँहरु कठमाण्डौं फर्कनुभयो ।
पथलैया स्थित पत्तलेश्वर महादेव मन्दिरको उद्घाटन पूर्व राजाबाट कार्यक्रम पनि हुन नसकेकोमा स्थानीयहरुलाई नरमाईेलो लागेको बताएकाछन् ।
प्ूार्व ज्ञानेन्द्र सिमरा आएपछि दुई पटक मात्र सार्वजनिक भएकाथिए । पहिलो पटक फुटबल प्रतियोगितामा र दोस्रो पटक रामजानकी मन्दिरमा पूज ागर्न स्थानीयले देख्न पाएकाथिए ।
Post a Comment