0


विश्वकै उत्कृष्ट सालको रुख पाईने बाराका विभिन्न ठाउँबाट जिल्ला वन कार्यालयले दश दिनमा दुई करोड मूल्य बराबरको ११ हजार क्यूबफिट सालको काठ बरामद गरेकोछ । 
  आजभएको छापामारीमा ३ हजार ७ सय क्यूब फिट काठ गोलाई बरामद भएको छ ।जिल्लाकै ईतिहासमा पहिलो पटक एकै पटक यत्ति ठूलो कार्वाही र काठ बरामद भएको हो ।  थप जानकारीको लागि पथटाईम्स डटब्लगस्पोट डटकम हेर्नुस् ।
  अन्तरराष्ट्रिय विमान स्थल बन्ने तयारीमा रहेको बाराको टाँगिया वस्ती,लाल रतनपुरी र भरतगञ्ज सिङ्गौलबाट जमिनमुनी गाढेको,घर,खेत र वन क्षेत्रमा लुकाई राखेको काठ–गोलाई बरामद गरेको हो ।
  निरन्तर छापामारीपछि टाँगियावस्तीमा  १०हजार,रतनपुरी र भरतगञ्ज सिङ्गौलबाट एक हजार क्यूबफिट गोलाई र काठ बरामद गरेको हो । पहिलो पटक यत्रो काठ बरामद गर्न सफल भयौं , जिल्ला वन प्रमुख मनबहादुर खडकाले बताए ।
   प्रहरीको सहयोगमा वनले दैनिक रुपमा थालेको खोज अभियानमा डुमरवाना ७ टाँगियावस्तीबाट १२ जना पक्राउ परेको छ । केही तस्कर भने छापामारीको जानकारी पाएर भागेकाथिए ।
  पक्राउ पर्नेमा टीका अधिकारी,माईला,बाबुलाल वाईवा,जङ्गबहादुर स्याङतान,मोहनबहादुर कार्की,ज्ञानबहादुर घलान,पद्म स्याङतान रहेकाछन् ।अन्य पक्राउ पर्नेमा जीतबहादुर मोक्तान,शुक्रबहादुर रुम्बा,आइतराम काल्ताङ र बुद्धिराम घिसिङ र सानुकान्छा गोले रहेकाछन् । पक्राउ पर्नेहरु मध्ये केही मोस्ट वाण्टेड सूचिमा रहेको जिल्ला सुरक्षा स्रोतले जनाएकोछ । 
राजनैतिक तरलता र वन कार्यलयको जनशक्तिको अभावको मौका छोपी काठ तस्करी बढ्न थालेपछि जिल्ला सुरक्षा समितिको निर्णय अनुसार लगातर छापामारी गरिरहेको वन कार्यालयले जनाएकोछ ।
बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण हरि पुस्कर, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीको सहयोगमा अभियान थालेको हो ।
 रात दिन गाउँमै बसेर छापामार्दा तस्करले लुकाई छिपाई राखेको कडी,फण्टा र गोलाई बरामद गरेको जिल्ला वन प्रमुख मनबहादुर खड्काले बताए । 
त्यसै गरी जिल्लाको निजगढ पूर्वको वन क्षेत्र धनसार खोलाको पश्चिम करिब १ कि.मी. उत्तर क्षेत्रमा केही समय अगाडी देखि रौतहट
जिल्लाको वन क्षेत्रबाट साल जातका काठ काटी गोलाई बनाई सिंगौल गा.वि.स को कछडिया वस्तीमा ल्याई हाते आराले चिरान गरी ट्क तथा ट्रेक्टर मार्फत काठ अवैध रुपमा बिक्री हुँदै गर्दा फेला परेकोछ । 
 बयल गाडाबाट ट्रकमा लोड गरिरहेको अवस्थामा ना.२ ख २६४७ नम्बरको ट्रकमा अवैध साल चिरान काठ १२९.५८ क्यू.फि. काठ ( गोलिया काठ गरी करिब १६० क्यू.फिट), एक थान गोरु गाडा बरामद गरेकोछ । प्रहरीको संयुक्त गस्ती टोलीले सिंगौल अर्को स्थानमा चिरान र गोलिया काठ गरी २सय क्यू.फि. काठ बरामद गरेको छ ।
 उक्त क्षेत्रलाई स्थानीय तथा वन प्रशासनले सूचना जारी गरी आगामी दिनहरुमा यस्तो अनियमित कार्य हुन नदिन कडा निगरानीमा राखेको वन अधिकृत मन वहादुर खड्काले बताए । 
  वनबाट अवैध रुपमा काठ दाउरा ल्याई विसुनपूर्वामा सञ्चालन गरिरहेको ईट्टा भट्टीमा छापामारी गरी  सञ्चालक  लगायत सात जनालाई पक्राउ गरेकोछ ।
 भट्टी सञ्चालक उदयनारायण जयसवाल र वीरेन्दै साह र अन्य पाँचजनालाई पक्राउ गरी आवश्यक कारवाही अघि बढाएको जिल्ला वन कार्यालयले जनाएकोछ । 


Post a Comment

 
Top