प्रतिस्पर्धामा मोफसल फुटबल प्रतियोगिता
अधिकारी विभु
नेपालमा सबैभन्दा लोकप्रिय खेल फुटबल प्रतिष्ठाको विषय बन्दै गएकोछ । सबैभन्दा धेरै धनराशी भएको प्रतियोगिता देखाउन मोफसलमा फुटबल खेलका लागि प्रतिश्पर्धाले पुरस्कार राशी बढ्न थालेको हो । सिमराको म्याजिक मोमेण्ट्स गोल्ड कप, पोखराको अहा गोल्ड कप र धरानको बुढा सुब्बा गोल्ड कप वीच अघोषित प्रतिश्पर्धा नै चलेको फुटबल पारखीहरुले विश्लेषण गर्न थालेकाछन् । यसले हानी भन्दा पनि खेलाडी, दर्शक र स्तरीय खेल र आयोजक सबैलाई सन्तुष्टि दिन सफल भएकोछ । फुटबल खेलेर बाँच्न धौ धौ भैरहेका खेलाडीका लागि आयोजकले विजेता पुरस्कार वर्षेनी बढाउँदा खेल र खेलाडीका मूल्य र मान्यता समेत बढ्न गएकोछ ।जसले गर्दा प्रायः निम्न स्तरको खेल्न हेर्न बाध्य मोफसलका फुटबल प्रेमीका लागि स्तरीय खेल हेर्ने अवशर बनेकोछ । आयेजकका लागि प्रतिष्ठाको विषयका साथै राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरका खेलाडीका कला कौशल आागनमै साक्षत्कार गर्न पाउने हुँदा दर्शकले ओईरोले रङ्गशाला साँघुरिने स्थितिले आर्थिक टेवा पनि पुगेकोछ । आगामी दिनमा पनि प्रतिष्ठात्मक प्रतिश्पर्धा कायम रहे अझै ठूलो धन राशीको फुटबल प्रतियोगितामा दर्शक रमाउने सम्भावना रहेको विश्लेषकहरुको भनाई रहेकोछ । विजेता राशी बढाउँदा सबै पक्षलाई राम्रै भएकोछ । यो राम्रो पक्ष पनि हो ,खेलमा उत्साह थपिने पथलैया युवा क्लबका पूर्व खेलाडी हीरा गुरुड्०ग धारणाको धारणा रहेकोछ । मोफसलमा सिमरामा आयोजना हुने म्याजिक मोमेण्ट सिमरा गोल्ड कप र पोखराको अहा रारा गोल्ड कप फुटबल प्रतियोगिता वीच विशेष प्रतिश्पर्धा देखिएकोछ । सिमराको पहिचानमा हाम्रो गौरव मान्दैै मोफसलकै सर्वाधिक धनराशी भएको म्याजिक मोमेण्ट सिमरा गोल्ड कप नक आउट फुटबल प्रतियोगिता –०६९को तयारी सिमरामा तीव्र रुपमा थालेकोछ । नव जन जागृति युवा क्लबले ०६५ देखि निरन्तर राष्ट्रिय स्तरका टीम सहभागी गराएर प्रतियोगिता आयोजना गर्दै आएकोछ । त्यतिबेला १४ लाख रुपैयाँ कुल लागतमा सम्पन्न प्रतियोगितामा विजेता पुरस्कार राशि रु ५० हजार मात्र थियो । जसमा सर्वोत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ चित्त बुझाउनु परेकोथियो । दोस्रो प्रतियोगिता २० लाखमा सम्पन्न गर्दा विजेताले १ लाख र खेलाडीले १० हजार रुपैयाँ र ३१ लखमा सम्पन्न तेस्रोमा विजेताले ३ लाख दिएर पोखरालाई उछिन्दै मोफसलको सबैभन्दा धेरै पुरस्कार भएको प्रतियोगिता सम्पन्न गरेर देखाएकोथियो । पोखराले आफ्नो प्रतिष्ठालाई कायमै राख्न सम्पन्न रारा अहा गोल्ड कप प्रतियोगिता पुरस्कार राशी बढाएर अढाई लाखबाट एकै पटक फड्को मारेर ३ लाख ५१ हजार पु¥याएर मोफसलको ठूलो पुरस्कार भएको एक पटक प्रमाणित गरेको अवस्थामा यसै महिनाचौथो साता देखि सिमरामा शुरु हुने फुटबल प्रतियोगिताले फेरि एक पटक सर्वाधिक पुरस्कार भएको स्थापित गर्न सफल भएकोछ । यसै महिनाको २३ गते देखि शुरु हुने प्रतियोगिताको विजेता टीमले ४ लाख,उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछ प्रतियोगिताका उत्कृष्ट गोलकिपर,डिफेन्स,मिड फिल्ड,फरवार्ड,हाई स्कोरर र प्रशिक्षकलाई पुरस्कृत र विशेष पुरस्कारले सर्वोत्कृष्ट खेलाडीलाइ सम्मानित गरिने आयोजकका क्लबका सचिव शम्भुसिंह ठकुरीले बताए । प्रतियोगिताको कुल लागत ५६ लाख रुपैयाँ रहेकोछ । यस प्रकारले वर्षेनी आयोजना हुने प्रतियोगितामा पुरस्कारको सकारात्मक होडबाजीले अहिले चर्चाको विषय बनेकोछ । यसमा धरानमा सञ्चालित प्रतियोगिता केही पछि परेको खेल प्रेमीहरुले अनुभव गर्न थालेकाछन् । एक पटक घोषित पु रस्कार पनि दिन नसकेको आरोप आयोजकलाई लाग्दै आएकोछ । गृहकार्य धमाधम भैरहेकोले घोषित मितिमै प्रतियोगिता सञ्चालन गरिने आयोजक क्लबन व जन जागृति युवा क्लबले जनाएकोछ । सबैले आ आफ्ना जिम्मेवारी सम्हालेकाछन्, ८० प्रतिशत भन्दा बढी सम्पन्न भैसकेकोले अब केही काम मात्र बाँकी रहेको क्लबका सचिब शम्भुसिंह ठकुरीले बताए ।यस बाहेक स्थानीय सबैकोउत्तिकै योगदान रहेको सचिव शम्भुले थपे । चौथो संस्करणको यस प्रतियोगिताका लागि यस पटक भारतीय सहित नेपालका १२ टीमले सहभागिता जनाउनेछन् ।नेपाल आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब,मछिन्द्र क्लब, एनआरटी,सामसुड० जाउलाखेल युथ क्लब,म्याक्डवेलस् रानी पोखरी कर्नर टीम( आरसीटी),लक्ष्मी हुण्डाई मनाड०मस्र्याड०दी क्लब,सहारा क्लब पोखरा,एनआईबीएल फ्रेण्ड्स क्लब, सिएमजी क्लब संकटा र आयोजक नव जन जागृति युवा क्लबका साथै भारतीय टीम प्रिमियरसीप क्लब कोलकत्ताले उपाधिका लागि प्रतिश्पर्धा गर्नेछन् । आयोजकले प्रतियोगिताको विक्री टिकटबाट उठेको रकमको केही अंश सिमरा कलेजमा बसेर अध्ययनरत् अपाड०्ग विद्यार्थी र हरियाली क्षेत्र बनाउन वन समितिलाई सहयोग गर्ने भएकोछ । विक्री टिकटको २ प्रतिशत अपाड०्ग र ३ प्रतिशत स्थानीमाई सामुदायिक उपभोक्ता समितिलाई दिने निर्णय गरेको खेल संयोजक काशीम मियाँले जानकारी दिए । रशिप्रतियोगिता सफल बनाउनका लागि विभिन्न समितिहरु गठन गरिएकोछ । १ मूल समिति अन्तरगत ८ उपसमिति बनाएको आयोजक क्लबका अध्यक्ष राजकुमार भट्टराईले बताए । असक्त,तथा वृद्ध वृद्धाकालागि आरक्षण टिकटको समेत व्यवस्था भएको प्रतियोगिताका लागि विभिन्न उद्योग,संघ संस्था लगायतले सहयोग गर्ने आयोजकले जनाएकोछ ।
Post a Comment