आदिवासी जनजातिको सवालमा सरोकारवालालाई झक्झक्याउन आदिवासी जनजाति पत्रकारले अझ् बढी भुमिका खेल्नुपर्नेमा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । आज हेटौँडामा आयोजित मकवानपुरका आदिवासी जनजाती पत्रकारको अवस्था, भुमिका र पेशागतहीत बिषयक छलफलमा सहभागिहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा सहभागि आदिवासी जनजाति पत्रकारहरुले पत्रकारको क्षमता अभिबृद्धि र जातिय संघसंस्था तथा अगुवाबिच समन्वय बृद्धि गर्नुपर्नेपनि बताए । सञ्चारमाध्यम र पत्रकारको भुमिकाबारे धेरै आदिवासी जनजाति न्यून जानकार रहेकोले स्थानिय निकाय र अन्य सरोकारवालाले यसतर्फ ध्यान दिनुपर्नेमापनि जोड दिईएको थियो । कार्यक्रममा सहभागीले सञ्चारमाध्यमलाई समाबेशी बनाउँन पहल गर्दै आदिवासी जनजाति पत्रकारलाई दक्ष बनाउँने र नयाँ पुस्तालाई पत्रकारिता क्षेत्रमा आकर्षित गर्ने वाताबरण बनाउँनुपर्नेमापनि बताएका थिए ।
कार्यक्रम नेपाल आदीवासी जनजाती पत्रकार संघ (अनिज) मकवानपुरले आयोजना गरेको हो । अनिजका केन्द्रिय कोषाध्यक्ष टीका प्रधानको आतिथ्यतामा भएको कार्यक्रममा अनिजको केन्द्रिय समितिको भुमिका र जेष्ठमा पोखरामा हुने राष्ट्रिय अधिबेशनका बारेमापनि छलफल गरेको थियो । कार्यक्रममै मकवानपुरमा क्रियाशील आदिवासी जनजाति पत्रकारलाई अनिजमा आबद्ध हुन पुनः आग्रह गर्ने र जिल्ला अधिबेशनलाई प्रभाबकारी बनाउँने बारेमापनि छलफल गरिएको थियो ।
कार्यक्रममा आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद मकवानपुर अध्यक्ष तीर्थबहादुर थापा मगर, सहसचिव जंगबहादुर गुरुङ, अनिजका मकवानपुर उपाध्यक्ष मोहनमान साँगामी, कोषाध्यक्ष पूर्णिमा गोले, स्वतन्त्र पत्रकार संघका मकवानपुर अध्यक्ष सुरेश श्रेष्ठ लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । मकवानपुरमा करिब नौ महिलासहित ४० जना आदिवासी जनजाती पत्रकार रहेका छन् ।
Post a Comment