0

रेडियो थाहा सञ्चारको साताब्यापी कार्यक्रम सुरु
रक्तदानमा हालसम्मकै सबैभन्दा बढी रगत संकलन
बिन्दवासिनी मिडिया प्रालिद्धारा सञ्चालित रेडियो थाहा सञ्चार ९९.६ एफ्.एम.को आजबाट पाँचौं बार्षिकोत्सव सप्ताह अन्तर्गत साताब्यापी कार्यक्रम सुरु भएको छ । साताव्यापी कार्यक्रम अन्तर्गत आज पहिलो दिन हेटौँडाको बुद्धचोकमा बृहत रक्तदान कार्यक्रम भएको छ । रेडियो थाहा सञ्चारका सञ्चालक एवंम् युवा व्यवसायी अरुणराज सुमार्गीले रक्तदान गरी कार्यक्रमको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा जिल्लामा हालसम्मकै सबैभन्दा बढी दुई सय २० जनाले रक्तदान गरेका थिए । यसअघि अफिसर्स क्लब मकवानपुरले आयोजना गरेको रक्तदानमा दुई सय १० जनाले रक्तदान गरेका थिए । गतबर्ष रेडियोको चौथो बार्षिकोत्सवमा गरेको रक्तदानमा त्यसबेलासम्मकै सबैभन्दा बढी एक सय ७५ जनाले रक्तदान गरेका थिए । बार्षिकोत्सव कार्यक्रम अन्तरगत भोली हेटौँडा औद्योगिक क्षेत्रको सभाहलमा ‘औद्योगिक क्षेत्रको विकास र चुनौती’ बिषयक बृहत छलफल र बिहीबार हर्नामाडीको ज्योति उच्चमाबिमा दश जोड दुईस्तरीय बक्वृत्वकला प्रतियोगिता राखिएको रेडियोका प्रबन्धक निर्देशक अनिता सुमार्गीले जानकारी दिनुभयो । त्यस्तै, फाल्गुन ४ गते भ्रष्टाचारविरुद्ध मेचि–महाकाली मार्चमा रहेको म्याकेट नेपालको टोलीसँग प्रत्यक्ष सम्वाद र सोहि दिन चौघडाको बंशगोपाल क्याम्पसमा किन उपेक्षीत ग्रामीण क्षेत्रका क्याम्पसहरु बिषयक छलफल कार्यक्रम गरिने रेडियोले जनाएको छ । फागुन ५ मा नारायणी अञ्चलस्तरीय कवि गोष्ठी र ६ गते थाहा दर्शनसम्वन्धी अन्तरक्रिया, ७ गते बार्षिकोत्सव मुल समारोहको ¬¬¬¬आयोजना गरिने बताईएको छ । ७ गते नै शिक्षा, स्वास्थ्य, कृषि, कला र उद्यमगरि पाँच क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुलाई थाहा बर्ष सम्मान २०६९ प्रदान गरिने स्टेशन प्रबन्धक पवनराज पौडेलले जानकारी दिनुभयो । सोहि दिन अपरान्ह बृहत साङ्गीतीक कार्यक्रमपनि आयोजना गरिने रेडियो व्यवस्थापनले जनाएको छ । लामसुरेहाईट, हेटौंडा–९ मा स्टेशन रहेको रेडियो थाहा सञ्चारले २०६४ फाल्गुण ७ गतेबाट नियमित प्रशारण आरम्भ गरेको थियो

Post a Comment

 
Top