नेकपा–माओवादीले आह्वान गरेको नेपालबन्दका कारण बाराको जनजिवन प्रभावित भएको छ ।
प्रधान न्यायधीशलाई प्रधानमन्त्री बननोने प्रमुख दलको निर्णय विरोध तथा दैलेख पत्रकार डेकेनद्रराज थापा हत्याको अभियोगमा पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाईको माग गर्दै नेकपा–माओवादीले गरेको बन्दको कारण बारा जिल्ला प्रभावित भएकोछ ।
उद्योग बन्द गराउदै हिडेका नेकपा–माओवादी निकट मजदुरलाई प्रहरीले आज बारामा पक्राउ गरेको छ । नेकपा–माओवादीको आह्वानमा नेपाल बन्दका क्रममा उद्योग खोलेको भन्दै बन्द गर्दै हिडेका चार जनालाई ईलाका प्रहरी कार्यालय सिमराले नियन्त्रणमा लिएको हो । प्रहरीले बाराको जितपुरस्थित नेपाल फर्माच्यूस्कल्स प्रा.ली.को मुल गेटबाट डिबी थापा, खुमबहादुर थापा, अमित साह र शेखर कार्कीलाई पक्राउ गरेको हो । उनीहरुलाई ईलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ ।
आफ्ना मजदुर कार्यकर्ता पक्राउ परेको भन्दै नेकपा माओवादी विशेष जिल्ला कमिटि बाराले विरोध जनाएको छ । कमिटि ईन्चार्ज सोनालाल साहले विज्ञप्ती जारी कार्यकर्ताको रिहाईको माग गरेका छन् । प्रहरीले आफ्ना कार्यकर्तालाई रिहाई नगरे शान्तिप ूर्ण आन्दोलन गरिरहेको आफुहरु थप शसक्त आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन् ।
महेन्द्र तथा त्रिभुवन राजमार्गमा दैनिक चल्ने करिव २५ सय सवारी साधन चलेकाछैनन् । सवारी साधन नचलेको मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रहरी उपरिक्षक विकाश श्रेष्ठले बताए ।
पथलैया वीरगञ्ज औद्योगिक करिडोरमा रहेका अधिकाँश उद्योगहरु अधिकाँश बन्द रहेकाछन् ।

Post a Comment