महिलालाई प्रधानमन्त्री बनाउन महिला नेतृहरुको माग
२४ फागुन, काठमाडौं । प्रधानन्याधीशलाई प्रधानमन्त्री बनाई निर्वाचनमा जानुभन्दा राजनीतिक दल भित्रकै महिलालाई प्रधानमन्त्री बनाई निर्वाचनमा जान महिला नेतृहरुले माग गरेका छन् ।
रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेका केन्द्रीय तहका महिला नेतृहरूले एकै स्वरमा भने (”महिलालाई प्रधानमन्त्री बनाउनूस्, निर्वाचनसम्पन्न गरेर देखाइन्छिन् ।” दलभित्रकै महिलालाई प्रधानमन्त्री बनाउन दलहरुबीच कुराकानी हुनु पर्ने भन्दै उनीहरुले महिलालाई नेतृत्व दिन दलहरुबीच सहमतिसमेत हुने आशा व्यक्त गरे ।
एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले भन्नुभयो(”म शीर्ष दलका शीर्ष नेतागणलाई आग्रह गर्दछु, महिलालाई प्रधानमन्त्री बनाउनूहोस्, निष्पक्ष निर्वाचन गरेर देखाइदिन्छन् ।” काँग्रेस नेतृ सुजाता कोइरालाले शक्ति पृथकीकरणको सिद्धान्तलाई बेवास्ता गरी प्रधानन्याधीशलाई प्रधानमन्त्री स्वीकार गर्न नसकिने धारणा राख्नुभयो । उहाँले भन्नुभयो(”अब प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएर चुनावमा जाने होइन्, महिलालाई प्रधानमन्त्री चाहियो रु निर्वाचन गरेर देखाइदिन्छन् ।”
एमाओवादीका नेता सीता पोखरेलले भन्नुभयो(”महिलाको काम बच्चा जन्माउने र दूध चुसाउनेमात्र हो भनेर नसोच्नूस्, प्रधानमन्त्री दिनूहोस् चलाएर देखाइदिन्छन् ।” गैरसरकारी संस्था महासङ्घका अध्यक्ष शर्मिला कार्कीले प्रधानन्यायाधीशलाई चुनावी सरकारको नेतृत्व दिन नहुने धारणा राख्नुभयो ।
Post a Comment