भारतीय सैन्य अधिकारीहरु नेपाल भित्रिँदै
२४ फागुन, काठमाडौं । महाशिवरात्री तथा सेना दिवसको अबसरमा हुने सैनिक समारोहमा भाग दिन भारतीय पूर्व सेनाध्यक्षहरु काठमाडौं आउने क्रम सुरु भएको छ ।
पूर्व स्थल सेनाध्यक्ष शंकर राय चौधरी बिहीबार काठमाडौं आइपुग्नु भएको छ । पूर्व स्थल सेनाध्यक्षद्वय सनथ फ्रान्सिस रोड्रिग्स र दीपक कपुर भोलि शुक्रबार आउने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
पूर्व सेनाध्यक्षहरुले फागुन २८ गते प्रधानसेनापति गौरव शम्शेर ज।ब।रा।संग भेट गर्ने बताइएको छ । भारतीय पूर्व स्थल सेनाध्यक्षहरु सेना दिवसको अवसरमा आयोजना गरिने विविध कार्यक्रमहरुमा सहभागी हुनुको साथै विभिन्न पुरातात्विक तथा धार्मिक महत्वका स्थानहरुको भ्रमण गर्ने कार्यक्रम छ ।
तीनै पूर्व सेनाध्यक्षले आफ्नो कार्यकालमा नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह पाउनु भएको थियो ।
Post a Comment