विभु अधिकारी,बारा
२२ फागुन
बारा मालपोत कार्यालयका खर्दार घुस खाँदाखाँदै पक्राउमा परेकाछन् ।
भलुवी भर्वेलिया ३का रामप्रवेश गिरी आज दिउँसो कार्यालयबाटै पक्राउ परेको हो ।
कार्यालयमा काम गराउन आएका एक नागरिकले गिरीलाई दुई सय रुपैयाँ दिन नसक्दा तीन दिन देखि उनको काम हुन सकेकोथिएन ।
घुस दिन नसक्दा काम नभएको गुनासो उनले जिल्ला प्रशासन कार्यालयमा गरेकाथिए ।
चिन्ह लगाएर पठाएको दुई सय रुपैयाँ लिएर गिरीले काम गरेपछि सादा पोशाकमा खटेका सुरक्षाकर्मीले उनलाई पक्राउ गरेको हो ।
गिरीलाई भ्रष्टाचार निवारण ऐन अनुसार कारवाही गर्ने प्रमुख जिल्ला अधिकारी कृष्णहरि पुष्करले बताए ।
यस अघि पनि पुष्करले बाराका नौ गाविस सचिवलाई अनुशासनहीन कार्य गरेको जनाउँदै पक्राउ गरेकाथिए ।
Post a Comment