0

विभु अधिकारी,बारा
प्रहरीले बाराको गोलागञ्जमा एक तस्कर सहित बोरामा लुकाई राखेको २ सय ५० किलो रक्तचन्दन बरामद गरेकोछ । 
  ईलाका प्रहरी कार्यालय सिम्रौनगढ र सशस्त्र प्रहरी वेस क्याम्प गोलगञ्जको संयुक्त टोलीले गएराति पूर्व कर्नेल प्रेमचन्द्र कुश्वाहको घरमा लुकाई राखेको करिव ४० लाख रुपैयाँ बराबरको रक्तचन्दन र कारोवारी उचिडिह ९का ४७ वर्षिय परमान्द साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक रामनाथ घिमिरेले बताए । अन्य केही तस्कर फराररहेको उनले जनाएकाछन् । 
 भारतबाट तिब्बत लैजानका लागि लुकाई राखेको अवस्थामा रक्तचन्दन बरामद भएको हो । 
   

Post a Comment

 
Top