सैनिक श्रीमती होटलमा मृत भेटिइन्
२४ फागुन, चितवन । नारायणगढस्थित कैलास गेस्ट हाउसमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । श्रीमानसँगै आएकी युवती गएराति गेस्ट हाउसको कोठामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
एक वर्षअघि विवाह गरेका नवलपरासीको कावासोती(२ धोवादीका प्रकाश थापाकी १८ वर्षीया श्रीमती दिपा उनीहरू बस्नका लागि बुकिङ गरेको कोठामा नै मृत फेला परेकी हुन् ।
नेपाली सेनाका जवान २२ वर्षीय प्रकाशले साँझ गेष्ट हाउसमा कोठा बुक गरी श्रीमतीलाई कोठामा नै छोडी केहीबेर आफू बाहिर गएको र राति साढे १० बजे कोठामा फकिर्दा पासो लगाएर झुण्डिएको अवस्थामा दिपालाई देखेको प्रहरीसमक्ष बयान दिएका छन् । पासोबाट फुकाएर अस्पताल पुर्याउदा अस्पतालले उनलाई मृत घोषणा गरेको श्रीमान प्रकाशको भनाइ छ ।
शवको प्रकृति हेर्दा घाँटीमा केही दाग देखिए पनि हत्या वा आत्महत्या के हो खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Post a Comment