नेपाल भोलि प्यालेस्टाइनविरुद्ध भिड्ने
२२ फागुन, काठमाडौं । एएफसी च्यालेन्ज कप छनोट फुटबलमा नेपालले भोलि प्यालेस्टाइनसँग भिड्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६स्१५ बजेपछि हुने समूह चरणको अन्तिम खेल घरेलु टोली नेपाल लागि ‘गर या मर’को अवस्थामा हुनेछ ।
भोलि प्यालेस्टाइनलाई पराजित गरे मात्र नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना हुनेछ । त्यसअघि बंगलादेश र नर्दन मारियानाबीच हुने खेलको नजितामा पनि भर पर्छ । बंगलादेशले मारियानालाई र नेपालले प्यालेस्टाइनलाई हराएको अवस्था गोल अन्तरका आधारमा अघिल्लो चरण प्रवेश गर्ने शीर्ष टोलीको टुंगो लाग्नेछ ।
प्यालेस्टानको ६ अंक छ । १० गोल गरेको उनले गोल खाएको छैन । ३ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ भने २ गोल आएको नेपालले ६ गोल गरेको छ । ३ अंकका साथ तेस्रो स्थानमा रहेको बंगलादेशले २ गोल गरेको छ भने १ गोल खाएको छ ।
छनोट चरण खेलेका ५ समूहका शीर्ष टोली सिधै अघिल्लो चरण पुग्नेछ भने दोस्रो स्थानमा रहेका मध्ये उत्कृष्ट दुईले पनि अघिल्लो चरणमा स्थान सुरक्षित गर्नेछन् ।
Post a Comment