0

च्यालेन्ज कप छनोट फुटबलमा नेपाल र प्यालेस्टाइन भिड्ने
 एएफसी च्यालेन्ज कप छनोट फुटबलको अन्तिम खेलमा नेपाल आज प्यालेस्टाइनसँग भिड्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ सवा ६ बजेपछि हुने खेलमा नेपाल अघिल्लो चरण प्रवेशको झिनो आश बोकेर मैदान उत्रनेछ । प्यालेस्टाइनलाई ३–० गोल अन्तरले पराजित गरे मात्र नेपाल समूह विजेता बनेर अन्तिम चरणमा प्रवेश गर्न सक्नेछ, जुन नेपाली टोलीका लागि सहज छैन । त्यो बंगलादेश र नर्दन मारियानाबीच हुने खेलको नजितामा पनि भरपर्छ ।

प्यालेस्टानको ६ अंक छ । १० गोल गरेको उसले गोल खाएको छैन । ३ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ भने २ गोल खाएको नेपालले ६ गोल गरेको छ । ३ अंकका साथ तेस्रो स्थानमा रहेको बंगलादेशले २ गोल गरेको छ भने १ गोल खाएको छ ।

५ समूहको शीर्ष टोली सिधै अघिल्लो चरण पुग्नेछ भने दोस्रो स्थानमा रहेका मध्ये उत्कृष्ट दुई पनि अघिल्लो चरणमा स्थान सुरक्षित गर्नेछन ।

Post a Comment

 
Top