0

मलेसियामा उल्टै घट्यो तलव
दूतावासमा गुनासोको ओइरो, श्रम मन्त्रायलसँग वार्ताको तया
 बिदेशी श्रमिकलाई पनि मासिक ९ सय रिंगेट तलव दिने भन्ने खवरसँगै खुसी भएका नेपाली श्रमिकको खुसी एक महिनाभित्रै चकनाचुर भएको छ । तलव बृद्धिको घोषणासँगै मलेसिया सरकारले अन्य बिबादास्पद निर्णय गरिदिंदा अहिले मलेसियाका श्रमिक तलव बढ्नुको सट्टा पहिलेभन्दा कम पैसा पाउन थालेका छन् । ‘धेरै नेपाली दाजुभाईहरुले पहिलेको भन्दा कम पैसा पाउन थालेको गुनासो गर्न थाल्नुभएको छ’ मलेसियाका लागि कार्यवाहक नेपाली राजदूत लेखनाथ भट्टराईले अनलाइनखवरसँग भन्नुभयो(’बरु पहिले नै ठिक थियो भन्ने स्थीतिमा उहाँहरु पुग्नुभएको छ ।’ पहिले मासिक ५ सय ४६ न्यूनतम तलव भएपनि ओभरटाइमका कारण मासिक औसत एक हजार रिंगेटजति कमाउने नेपालीहरुको कमाई अहिले सात आठ सय पनि पुग्न मुस्किल हुन थालेको छ ।

‘पहिलो कुरा सवै बिदेशी श्रमिकलाई न्यूनतम तलव दिने भन्ने निर्णयमै थुप्रै सहुलियत दिएर रोजगारदातालाई सजिलो बनाइएको छ । बिदेशी श्रमिकका हकमा न्यूनतम तलव दिन नसक्ने भए कारणसहित निबेदन दिनु भनेको छ, कारण दिन कुनै कठिनाई छैन, त्यसैले अधिकांस रोजगारदाता न्यूनतम तलव नदिन प्रेरित भए’ भट्टराईले भन्नुभयो(’परिक्षणकालमा ३० प्रतिशत कम तलव तिर्नुपर्ने नियम नै बनाइदिएपछि अर्को समस्या आएको छ ।’ यसरी परिक्षण कालमा रहने बिदेशी कामदारले औसत ६ सय रिगेट तलव पाउँछन, त्यसमाथि औसत डेढ सय रिंगेट लेभी काट्दा उनीहरुसँग साढे चार सय रिंगेट पनि बच्न कठिन हुन्छ । ‘कतिपय कम्पनीले होष्टल, गाडी भाडा र पानीको पैसा पनि काट्ने भन्न थालेका कारण धेरै समस्या आइरहेको छ’ भट्टराईले भन्नुभयो ।

गुनासै गुनासो
न्यूनतम तलव र लेभीको कार्यन्वयनबाट धेरै समस्या आएपछि त्यसको चाप दूतावासमा पनि परिरहेको छ । अहिले दैनिकजसो बिभिन्न कम्पनीका कामदारले आफुहरुले भने बमोजिम तलव नपाएको, लेभी बढि काटिएको, होष्टलको पैसा पनि माग्न थालेको र आम्दानी घटेको भन्दै दूतावासमा मौखिक र लिलित उजुरी गरिरहेका छन् । ‘गुनासोको संख्या ह्वात्तै बढ्यो’ राजदूत भट्टराईले भन्नुभयो( हामीले सकेसम्म समाधान गर्ने प्रयत्न गरेका छौं तर मलेसिया सरकारले नीतिगतरुपमै अस्पष्ट निर्णय गरेकाले हामी पनि अप्ठेरोमा परेका छौं ।तलव नपाएको भन्दै कतिपय कम्पनीमा आन्दोलन गर्ने क्रम पनि बढेको जानकारी दिंदै राजदूत भट्टराईले भन्नुभयो( हामीले शान्तिपूर्णरुपमा समस्या समाधानका लागि पहल गरिरहेका छौ, मलेसियामा हड्ताल गर्नु गैरकानुनी भएकाले त्यसो नगर्न सम्झाइरहेका छौं ।’
दबाब दिने तयारी
यसैवीच मलेसिया सरकारले गरेका अष्पष्ट निर्णयका कारण आफ्नो मुलुकका श्रमिकहरुले दुःख पाएको भन्दै नेपाली दूतावासले मलेसिया सरकारसँग औपचारिक वार्ताको पहल गरेको छ । उनीहरुको निर्णयबाट परेको अप्ठेरोबारे हामीले बुँदा छलफलका लागि तयारी गरेका छौं( भट्टराईले भन्नुभयो( श्रम मन्त्रालयसँग समय लिने प्रयास भइरहेको छ, केही दिनमै हामी औपचारिक छलफल गछौं ।’ मलेसियामा कामदार आपूर्ति गर्ने स्रोत मूलुकहरुका मिसन प्रमुखहरुवीच पनि छलफलको तयारी भएको र सामूहिकरुपमा मलेसिया सरकारसँग कुरा गर्ने योजनासमेत बनाइएको भट्टराईले बताउनुभयो ।मलेसियामा केही महिनाभित्र आम चुनावको तयारी भइरहेकाले पनि यी समस्या तत्काल समाधान हुने सम्भावना भने कम रहेको भट्टराईले बताउनुभयो । ‘स्थानीय कामदारलाई जसरी पनि न्यूनतम तलव दिनैपर्ने बनाएको छ, बिदेशीका हकमा दोहोरो अर्थ लाग्ने निर्णय भएका छन, उनीहरुको भोट बैंक स्थानीय कामदार भएकाले तत्कालै हाम्रो समस्या सुनिदेलान भन्ने देखिन्न ।’ भट्टराईले भन्नुभयो । मलेसियामा आम्दानी झन घटिरहेको बास्तविकता भएपनि म्यानपावर कम्पनीहरुले मलेसियामा तलव बढ्यो भन्दै धेरै पैसा उठाइरहेको सुन्नमा आएको भन्दै राजदूत भट्टराईले मलेसियाको वास्तविकता बुझेरमात्र आउन आग्रह गर्नुभयो ।

तलव वृद्धिसंगै मलेसियामा श्रमिकहरुलाई समस्या थपिए

मलेसियामा नेपाली श्रमिकहरुको तलव वृद्धि भएसंगै विभिन्न समस्याहरु थपिएको मलेसियामा कार्यरत मानवअधिकारवादी संस्था तानागानिताले जनाएको छ । संस्थाका संस्थापक अध्यक्ष डा।आईरिन फर्नाल्डेजले विदेशी कामदारहरुलाई मलेसिया सरकारले हेर्ने दृष्टिकोण समान नभएकाले यस्तो अवस्था आएको वताउनु भयो ।प्रगतिशिल प्रवासि श्रमिक मञ्चले मलेसियाले वातुपहातमा आइतवार आयोजना गरेको अन्तर्रक्रिया कार्यक्रममा डा फर्नाल्डेजले भन्नुभयो,’विदेशी श्रमिकहरुलाई लेवि लिनु एकदमै नाजायज छ । यसलाई तत्काल सच्याउनु पर्छ । मलेसिया वनाउन विदेशि श्रमिकहरुले निकै ठुलो परिश्रम गरेका छन् । उनीहरुलाई हामीले सोहि अनुसारले वुझनु पर्छ ।’ उहाँले श्रमिकहरुको समस्यालाई वेलैमा सरकारले वुझन नसके त्यसले गम्भीर अवस्था निम्त्याउन सक्ने वताउनुभयो ।

कार्यक्रममा प्रगतिशिल प्रवाशि श्रमिक मञ्च मलेसियाका महासचिव प्रेम पाण्डे, पत्रकार रामचन्द्र नेपाल,सुवास कार्की, गोपाल कोइराला, ग्लोरिन, रहिमालगायतकाले नेपाली श्रमिकका समस्याहरुको वारेमा प्रकाश पार्नुभएको थियो । प्रगतिशिल प्रवासि श्रमिक मञ्च वातुपहातका अध्यक्ष अर्जुन शेर्पाको सभापतित्वमा भएको कार्यक्रममा सयौँ नेपाली श्रमिकहरुको सहभागिता रहेको थियो ।

Post a Comment

 
Top