0
निर्देशक श्याम लंका फिल्म पछि आफ्नै व्यानर चण्डिका फिल्मसले निर्माण गर्न लागेको नयाँ फिल्मका लागि बिल्कुलै नयाँ अनुहारको खोजीमा छन् । 'यसपटक पूरै नयाँ अनुहारसँग काम गर्ने इच्छा जाग्यो त्यसैले कलाकारको खोजी गरेको हुँ,' श्यामले भने- '१५ बर्ष देखि २५ बर्ष उमेर बिचका महिला र पुरूष युवाहरू नै मेरो फिल्मका कलाकार हुनेछन् ।' कलाकार बन्न इच्छुकले चण्डिका फिल्मको कार्यालयमा सम्पर्क गर्न सक्ने उनले बताए ।

Post a Comment

 
Top