0

वैद्य आन्तरिक संकटमा

baiya६ असार । मुख्य तीन दल तथा मधेसी मोर्चाबीच अन्तरिम चुनावी मन्त्रिपरिषद गठनका लागि गरिएको सहमतिको विरुद्धमा रहेको नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य पार्टीभित्र गम्भीर संकटमा परेका छन् । दलहरुले गरेको ११ बुँदे राजनीतिक सहमति र २५ बुँदे बाधा आड्काउ फुकाउने विरुद्ध माओवादीलगायका दलहरु सडक संघर्षमा रहेका छन् ।
सरकारले पछिल्लो समयमा संविधानसभाको निर्वाचनको मिति घोषणा गरेपछि आन्दोलित दलहरुको नेतृत्व गरेका वैद्य झन नैतिक संकटमा परेका हुन । खिलराज रेग्मीले नेृतत्व गरेको मन्त्रिपरिषद अवैधानिक रहेको भन्दै माओवादी सहमति खोज्ने छलफलमा समेत सहभागी भएको छैन ।
सरकारले निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन वहिष्कार गर्ने या विथोल्ने भन्नेमा पार्टीभित्रको विवाद चर्किदै गरेको छ । सुरुमा सरकारको विपक्षमा रहेका वैद्य निर्वाचन भए भाग पनि नलिने र निर्वाचन पनि नविथोल्ने पक्षामा छन् । तर उनीपछिका नेताहरु कुनै पनि हालतमा निर्वाचन हुन नदिने पक्ष छन् । यस विषयमा आफ्ना नेताहरुलाई मिलाउन वैद्यलाई अप्ठोरो पर्ने भएको छ ।
मंसिर ४ गते तय गरिएको निर्वाचन आफूहरुको सहमति वेगर हुनै नसक्ने बताउँछन्, माओवादीका सचिव देव गुरुङ । उनी भन्छन् “अवैधानिक सरकारले गराउन लागेको चुनावको अर्थ छैन्, हेरौ हाम्रो असहमतिमा चुनाव कसरी गर्दा रहेछन् ।” जस्ले जे भनेपनि अहिलेकै परिस्थितिमा निर्वाचनमा भाग नलिने र जनतालाई पनि उक्त निर्वाचनमा भाग नलिन आह्वान गर्ने माओवादी रणनीति छ । तर वैद्यले भने शान्तिपूर्ण रुपमा निर्वाचनको वहिष्कार गर्ने बताएका छन् ।
वैद्यको निर्वाचन वहिष्कार गर्ने भनाइसँग पार्टीमा रहेका पदाधिकारी उपध्यक्ष सीपी गजुरेल मौन रहेकापनि महासचिव रामबहादुर थापा, सचिवद्वाय देव गुरुङ, नेत्रविक्रम चन्द, प्रवक्ता पम्फा भुसाललगायत चुनाव हुनै नदिने पक्षमा छन् । आफ्नै पार्टीभित्रका नेताहरुलाई निर्वाचनका विषयमा मनाउन वैद्यलाई हम्मेहम्मे हुने बताइएको छ । यस विषयमा कसरीअघि बढ्ने भन्ने विषयमा पनि माओवादीले तत्काल ठोस निर्णय लिन नसक्ने अवस्था छ । निर्वाचनकै विषयमा ठोस निर्णय लिन तय गरिएको पार्टीको केन्द्रीय समिति बैठक पनि अचानक स्थगित भएको छ ।

Post a Comment

 
Top