महाकाली नदीमा बर्षाको पानीले मात्रै नभएर दार्चुला को खलङ्गा बजार बगाएको नभएर भारतीय पक्षले नेपाललाई खबर नगरी धौलीगंगा हाइड्रोपावरका ढोका खोलिदिएपछि एक्कासी बाढी आई बजार ध्वस्त बनाएको रहेछ | के यसभन्दा पहिले कहिल्यै बर्षा को समयमा कसरि धौलीगंगा हाइड्रोपावरका ढोका खोल्ने र सम्भावित बिपत ब्यबस्थापन गर्ने भन्ने कुरा नेपाल सरकार र प्रशासक हरुलाई थाहा नभएकै हो त ? त्यस्तो कुनै सम्झौता छ कि छैन, छ भने भारतीय पक्षले किन सुचना नदिइ परियोजनाको ढोका खोल्यो ? भारत पक्षले गरेको गल्ति उसले महशुस गरि पिडित लाइ क्षेतिपूर्ति दिनुका साथै भविष्यमा यस्तो नदोहोरिने प्रतिबद्दता गर्नुपर्छ |आबश्यक पहल गर्नुको साटो जिल्ला प्रमुख अधिकारीलाई हपार्ने परराष्ट्र मन्न्त्रिले तुरुन्त नैतिकताको आधारमा राजिनामा दिनुपर्छ | २/४ जना नेता ज्युहरुले अलंकारिक बिरोध गरेजस्तो देखियो समाधान के हो र फेरि भबिश्य मा यस्तो नदोहोरिन के गम्भीर कुटनीतिक पहल गरिदैछ त ?राष्ट्रियताका खोक्रा नाराले मात्रै राष्ट्रियता कसरी बलियो होला र ?
Subscribe to:
Post Comments (Atom)
Post a Comment