0

जासुसहरु दिउसै मदिरापानमा

दिउसै मदिरापानमा

जासुसहरु दिउसै मदिरापानमा

सरकारकालागी गोप्य सुचना संकलन गर्ने राष्ट्यि अनुसन्धान विभागका एक दर्जन जासुसहरु दिउसै मदिरा पानमा लागेका छन । राजधानीको हनुमानथान नजिक रहेको भेटघाट रेष्टुरेन्टमा दिउसो ४ बजेदेखि भेला भएका एक दर्जन उच्च जासुसहरु मदिरापानमा मस्त रहेका छन । एकातिर कार्यकारी प्रमुख समेत रहेका मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले देशवासिका नामा संवोधन गरिरहेको तथा आर्को तर्फ विपक्षि दलहरुले सडक आन्दोलन तपाई रहेका बेला गोप्य सुचना संकलन गर्ने जिम्मा बोकेका गुप्तचर विभागका कर्मचारी मदिरापानमा लाग्दा कसरी सहि सुचना प्राप्त हुन्छ । राष्ट् प्रमुखले नै संवोधन गरिरहदा सरकारको निती नियम आईरहेका बेला दुई जना महिलासहित उनिहरु भेटघाट रेष्टेरेन्टमा मदिरामा लठ्ठिएका छन । सरकारले उनिहरुमाथी कार्वाही गरेर दण्डित गर्ला हेर्न बांकि नै छ । समाचार तयार पर्दा समयसम्म उनिहरु सोहि रेष्टुरेन्टमा छन ।

Post a Comment

 
Top