0

सुजाताका बबाली ज्वाई रुवेल चौधरी कसरी अपराधि बने


-  कल बाइपास, ठूला टेन्डरमा दलाली, सुडान काण्डका भित्री नाइके, राष्ट्रसंघ लोगोको दुरुपयोग, पासपोर्ट दुरुपयोग र पूर्वयुवराज पारस शाहस“ग झगडाजस्ता काण्डले मात्र कांग्रेस नेतृ सुजाता कोइरालाका ज्वाईं रुबेल चौधरीको परिचय पुग्दैन । नेपालमा रहँदा रुबेलले सासू सुजाता कोइरालाको शक्तिको आडमा गैरकानुनी धन्धा चलाउँथे । उता रुबेलका घनिष्ठ मित्र हरिस अहमद हरिस बंगलादेशमा मोस्ट वान्टेड सूचीमा छन् ।
रुबेलले सुजाताकी छोरी मेलानी जोस्टसँग सन् २००६ मा प्रेम–विवाह गरेका हुन् । बंगलादेशको राजधानी ढाकास्थित सीएच सीता स्यालेस घर नम्बर ६० डउनमन्डी स्थायी ठेगाना भएका रुबेल मेलानीसित कोर्ट म्यारिज गरेको केही वर्षपछि यतै बस्दै आएका थिए । सासू सुजता राजनीतिको शक्तिकेन्द्रमै थिइन्, ज्वार्इं रुबेल सासूको शक्तिको आडमा अनेकौँ कानुनी, गैरकानुनी धन्धा गर्थे ।
ज्वाईं रुबेल विभिन्न काण्डमा तानिएपछि श्रीमती र बच्चा नेपालमै छोडेर बंगलादेश फर्केका छन् । श्रीमान् स्वदेश फर्केपछि बेसहाराजस्तै बनेकी मेलानी पनि अहिले चिन्तामा छन् । आमा सुजाताले आफूलाई सहयोग नगरेको गुनासो मेलानीले गर्ने गरेको एक कांग्रेस नेताले जानकारी दिए ।
अहिले नाति–नातिना चढे पनि गिरिजाप्रसादको निधनपछि विदेशी नागरिक चढ्थे गाडीमा । ती थिए– सुजाताका ज्वाईं रुबेल चौधरी । गिरिजाप्रसादको निधनपछिको लामो समय बंगलादेश नागरिक एवम् सुजाताको ज्वाईं रुबेल चौधरीले चढ्दै आएका थिए । जब उनी अपराधी काण्डमा मुछिए र अचानक बंगलादेश फर्के तबमात्र नाति र नातिनी चढ्न थालेका हुन्– गाडीमा ।
काठमाडौंको सडकमा बा४च ९७९६ नम्बरको नीलो रंगको प्राडो कतै देख्नुभएको छ ? केहिलेकाहीँ मात्र सडकमा गुड्ने यो गाडी साधारण छैन । योस“ग पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र गिरिजापुत्री सुजाताका ज्वार्इं रुबेलको कनेक्सन छ । यो गाडी तत्कालीन कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसादको हो । ०६६ चैतमा कोइरालाको निधन भइसकेको छ । सडकमा नीलो रंगको सो गाडी देखिएपछि धेरैलाई अझै पनि कोइराला कुनै सार्वजनिक समारोहमा जा“दै छन् वा फर्कंदै छन् भन्ने लाग्न सक्छ । तर, यसको कथा बेग्लै छ ।
कसले चढ्छ गिरिजाप्रसादको गाडी, एकमात्र सन्तान छोरी सुजाता वा छोरा सुरेश ? सडकमा देखिने यो गाडीमा को–को चढ्छन् त ? मिरर न्यूजले खोजतलास गरेको छ । पटक–पटक मुलुकको प्रधानमन्त्री बनेका कोइरालाको आफ्नै नाममा रहेको एकमात्र सम्पत्ति हो, यो गाडी । गिरिजाप्रसाद ०६२/६३ को आन्दोलनपछि पुनः प्रधानमन्त्री बने । प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री भएबापत राज्यले उनलाई दिएको मेलम्ची खानेपानी आयोजनाको ६६६१ नम्बरको गाडी प्रयोग गरेका थिए । जीवनको अन्तिम समयसम्म कोइरालाले सुविधाको गाडी प्रयोग गरेका थिए । आफ्नो नाममा रहेको बा४च ९७९६ नम्बरको नीलो रंगको प्राडो पनि साथमै थियो गिरिजाप्रसादको ।
कोइरालाका उत्तराधिकारी सुजाता वा सुरेशले उनको सम्पत्ति प्रयोग गर्न पाउने स्वाभाविक अधिकार हो । तर, यी दुवै चढ्दैनन् यो गाडी । चढ्छन् त आन्द्रेश जोस्ट र सृष्टि कोइराला । जोस्ट र सृष्टि गिरिजाप्रसाद कोइराला (सुजाताको छोरा–बुहारी)को नाति र नातिनी बुहारी हुन् । ‘बाघको छालामा स्यालको रजाइँ’ भनेजस्तै गिरिजाप्रसादको नाममा रहेको सो गाडी अहिले उनीहरूले प्रयोग गर्दै आएका छन् ।
अहिले नाति–नातिना चढे पनि गिरिजाप्रसादको निधनपछि विदेशी नागरिक चढ्थे गाडीमा । ती थिए– सुजाताका ज्वाईं रुबेल चौधरी । गिरिजाप्रसादको निधनपछिको लामो समय बंगलादेश नागरिक एवम् सुजाताको ज्वाईं रुबेल चौधरीले चढ्दै आएका थिए । जब उनी अपराधी काण्डमा मुछिए र अचानक बंगलादेश फर्के तबमात्र नाति र नातिनी चढ्न थालेका हुन् गाडीमा ।
रुबेलले सुजाताकी छोरी मेलानी जोस्टसित सन् २००६ मा प्रेम–विवाह गरेका हुन् । बंगलादेशको राजधानी ढाकास्थित सीएच सीता स्यालेस घर नम्बर ६० डउनमन्डी स्थायी ठेगाना भएका रुबेल मेलानीसित कोर्ट म्यारिज गरेको केही वर्षपछि यतै बस्दै आएका थिए । सासू सुजाता राजनीतिको शक्तिकेन्द्रमै थिइन्, ज्वाईं रुबेल सासूको शक्तिको आडमा अनेकौँ कानुनी, गैरकानुनी धन्धा गर्दै आएका थिए । ‘सासूको आडमा रुबेलले जे पनि गर्थे,’ कोइराला परिवार नजिक मानिने कांग्रेसका एक केन्द्रीय सदस्यले मिरर न्यूजलाई बताए ।
रुबेलले नेपाल आउन १४ जुन २०१० मा गैरपर्यटकीय भिसा (प्रवेशाज्ञा) लिएका थिए । ०१६०२४४ नम्बरको बंगलादेशी पासपोर्टमा लागेको उनको भिसाको म्याद १३ जुन २०११ सम्म थियो । पछि रुबेलले १३ जेठ ०६४ मा ‘रिलेसन भिसा’ पनि पाए, जसको म्याद ११ जुन २०१३ सम्म छ ।
भित्र–भित्र जे पनि गर्न तयार हुने रुबेल बाहिर भने शालीन बन्न चाहन्थे । त्यसैकारण उनले नेपालमा रहदा सासू सुजाता अध्यक्ष रहेको सुष्मा कोइराला मेमोरियल ट्रस्टमा सिनियर कन्सल्टेन्टका रूपमा पनि काम गरे । कुनै पनि विदेशी नागरिकले सरकारसँग श्रम इजाजत नलिईकन नेपालमा काम गर्न पाउ“दैन । तर, अनुमतिविना रुबेल सासूको एजनीओमा काम गरिरहेका थिए । त्यतिमात्र होइन, आफ्नै एजजीओमा राष्ट्रसंघको लोगो दुरुपयोगसमेत गरेका थिए ।

उनका अनैकौँ चलखेलबाट प्रहरी जानकार थियो । रुबेल काठमाडौंमा बसेर गैरकानुनी कारोबारमा संलग्न रहेको शंकामा निगरानी सुरु गरेको थियो, प्रहरीले । सुडानको डार्फरमा शान्ति स्थापनार्थ खटिएको नेपाल प्रहरीका लागि अत्यावश्यक सामग्री खरिद गर्दा भएको अनियमिततामा समेत रुबेलको नाम मुछिए पनि रुबेल एकाएक चर्चामा पनि आएका थिए । झन्डै ११ करोड अनियमितता भएको सो घटनामा उनी अप्रत्यक्ष संलग्न रहेको आरोपसमेत छ ।

नेपालमा रहदाँ सासू सुजाताको निवासमा बस्दै आएका रुबेल विभिन्न काण्डमा मुछिएपछि केही समयअघि बंगलादेश फर्केका छन् । तर, रुबेलकी श्रीमती र बच्चा भने मन्डिखाटारस्थित सुजाताकै घरमा बस्दै आएका छन् । जहाँ उनीहरूको अहिले खटपट चलिरहेको छ ।

Post a Comment

 
Top