0
बितेको १ महिनादेखि दमामको सिको गार्डेनमा लगातार करीब २०० जति अबैध नेपालीहरू खजुरको बोटमुनी रात बिताउंदैछन – स्वदेश फर्किने आशामा । हरेक दिन दमाम ९१ को जवाजात (पासपोर्ट) अफिसमा जान्छन र फर्किन्छन निराशा, चिन्ता र तनावमा ! कहिले के पुगेन त कहिले के मिलेन भन्दै अधिकांश नेपाली कामदारहरूलार्इ फर्काइदै गर्दा ठूलै संख्यामा भारतीय र अरू मुलुकका कामदारहरूको भने तुलनात्मक रूपमा सरल र सहज रूपमै काम हुंदै आएको छ । कारण जवाजातमा नेपाली दूतावास तथा सहजकर्ताको अनुपश्थिती नै हो । गार्डेनमै रात बिताउने अधिकांशसंग दूतावासले जारी गरेको आउटपास त छ तर फिंगर प्रिन्ट र एक्जिट भिषाको काम हुनसकेको छैन । फाट्ट फुट्ट केही नेपालीहरू जसको काम भएको छ, उनीहरूले पनि ठूलो सास्ती र संघर्ष गर्नुपरेको छ या दलालहरूलार्इ मोटो कमिशन दिन बिवश बनेका छन । नेपाली संघसंस्थाकर्मीहरू प्रायः सबै नै स्वयम कामदार भएकाले, ड्युटी गर्नुपर्ने कारण साथै कानूनतः पनि जवाजात (सरकारी कार्यालय)मा उनीहरूको पहुंच र अधिकार पनि हुननसक्ने भएकाले पनि यस्ता ठाउंमा दूतावास बाहेक अरूले चाहेर पनि केही गर्नसक्ने अवस्था छैन । नेपाली भएकै कारण यस्तो निरिहता, अबहेलना र बिचल्ली सहनु सांच्चै ठूलो दुर्भाग्य हो ।

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top