0
जन्मदै मलद्वारा नभएको छोरा दिलखुसको उपचारका लागि सुनसरीको पूर्वकुशाहा–५का राचन्द्र मण्डल र फुलकुमारी मण्डल यतिवेला  सुनसरीका विभिन्न ठाउँमा भौतारिइरहेका छन् । नौ महिने दिलखुको मलद्वार नभएकाले त्यसका लागि खर्च जुटाउन चन्दा माग्दै हिडेको बताउँने रामचन्द्रले छोराको उपचारका लागि एकलाख भन्दा बढि खर्च हुने बताए । ‘जन्मदै मलद्वार थिएन । नौ दिनका दिन विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखायौं । डाक्टरले पेट चिरेर तत्कालका लागि दिसा निकाल्ने व्यवस्था मिलाए । तर पैसा नभएर मलद्वारबाट दिशा गर्नसक्ने बनाउन सकेनौ,’ मण्डलले भने ।
कृषि मजदुरी गर्दै आएको मण्डल परिवारले कसैले सहयोग गरेर सन्तानको उपचार गर्नपाए दैनिक गुजाराका लागि सजिलो हुने बताए । ‘एकलाख रुपैया भए नानीको मलद्वार खोल्न सकिने डाक्टरले बताएका छन् । त्यसका लागि चन्दा उठाइरहेका छौं । प्रकृतिले नै ठगेको हामीलाई सहयोग गरिदिनुहुन सबैसंग अनुरोध गर्छु,’ फुलकुमारीले भनिन् ।

Post a Comment

 
Top