मेस्सीमाथि कर छलेको आरोप
विश्वकै सर्वोत्कृष्ट फुटबलर लियोनेल मेस्सीमाथि ३४ लाख युरो कर छलेको आरोप लागेको छ । बाबुसहितलाई उनलाई कर छलेको आरोप लागेको हो । यदि यो आरोप प्रमाणित भएमा ६ वर्षको कैद सजाय र थुप्र्रै जरिवाना हुन सक्नेछ ।
उनीहरुले सन् २००६ देखि २००९ सम्मको कर छलेको आरोप लगाउदैं क्याटालोनियका स्पेनका अधिकारीहरुले अभियोग दर्ता गरेका छन् । मेस्सी र उनका बाबु जोर्जेमाथि बेलिज र उरुग्वेको कम्पनी प्रयोग गर्दै कर छलेको आरोप लगाइएको छ ।
यसबारे अनुसन्धान जारी रहेको अधिकारीहरुले बताएका छन् । तर, मेस्सीले सन्चारमाध्यमबाट यस्तो समाचार आउँदा आफू आश्चर्यचकित भएको भन्दै आफूले सधैं कर तिर्दै आएको दाबी आफ्नो फेसबुक पेजमार्फत् गरेका छन् ।
१३ वर्षको उमेरमा सन् २००० मा अर्जेन्टिनाबाट स्पेन आएका मेस्सीले ३ वर्षपछि फुटबल खेल्न थालेका थिए । उनी अहिले विश्वकै सबैभन्दा महंगा खेलाडीका रुपमा लिइन्छन् । उनले १ करोड २५ लाख युरो तलब लिन्छन् भने एडिडास, पेप्सी तथा अन्य कम्पनीले उनलाई १ करोड ३० लाख युरो बराबरको स्पोन्सर गर्छन् । उनी हाल बार्सिलोनाको ला लिगा क्लबबाट फरवार्ड खेल्छन् भने अर्जेन्टीनाको राष्ट्रिय टिममा पनि छन्
।

Post a Comment