नेपाली चेली भन्छिन्- पैसा कमाउने हो ? कतार आउनोस् !
खाडीमुलुक नेपालीका लागि अवसरको खानी बन्दै
कतारको पाँचतारे होटलमा एक नेपाली विदाका दिन (शुक्रबार) वियर पिउँदै गरेको अवस्थामा भेटिए । उनी विदेशमा आएका नेपालीहरुले के राष्ट्रियताका कुरा गर्ने यार, हामी त नेपालले नपत्याएका नेपाली हौं भन्दै वियरसँगै आफ्नो तिक्तता ओकल्दै थिए । उनी भन्दै थिए-’नेपालले मलाई ३ हजारको जागिर पत्याउन सकेन र अहिले कतारमा काम गर्न आएको छु ।’ आज मेरालागि खाडी कर्मभूमी र जिबिकोपार्जनको उर्भरभूमी भएको छ, मैले अब किन नेपाल भनेर खोक्रो राष्ट्रियता देखाउने ?’
उनले खुलेर आफ्नो परिचय त गराए तर मिडियामा सार्वजनिक नहुने शर्तमा । उनी भन्दै थिए- ‘मिडियामा सार्वजनिक भयो भने आफ्नो स्वतन्त्रता खोसिन्छ ।’ उनी कतारमा रहेका नेपाली मार्केटमा पनि बाहिर आउन चाहँदैनन् । उनलाई न राजनीति गर्नु छ, न त प्रचारमा आएर कुनै ठूलो व्यक्ति बन्नु नै छ । अहिले उनी आफ्नो काम र व्यक्तिगत जीवनप्रति औधी खुशी छन् ।
कतारको एक उच्चस्तरको कम्पनीमा फाइनान्स मेनेजरकारुपमा कार्यरत उनी चितवन जिल्लाका स्थायी बासिन्दा रहेछन् । सो कम्पनीमा १८ हजार रियाल – करिव साँढे चार लाख नेपाली) मासिक तलव -अन्य सुविधा बाहेक) खाइरहेका उनी नेपालप्रतिभन्दा पनि कतारप्रति जिम्मेवार हुनुपर्ने तर्क राख्छन् । भन्छन्- ‘नेपालले हजारको जागिर पत्याएन, तर कतारले लाखको जागिर दियो, किन मैले नेपाल भनेर मरिहत्ते गर्ने ?’
एक अर्थमा उनको भनाइमा सत्यता भए पनि उनले नेपालप्रति देखाएको आक्रोश अलि फरक थियो । प्रवासमा बसेका नेपालीहरुलाई बढी राष्ट्रियता झल्कन्छ भन्ने गैरआवासीय नेपालीहरुको भनाइ उनमा लागु भएन । मैले सोधें-’किन यति धेरै राष्ट्रियताप्रति आपत्ति जनाउनुभयो नि ?’ उनले सटिक जवाफ दिए -’के दियो राष्ट्रियताले ?’ नेपालमा हार खाएर विदेशिएको दशक बितिसक्दा उनी आज कतारमा सफल र सन्तुष्ट बनेका छन् ।
खाडी मुलुक भन्नेवित्तिकै बेल्चा हान्ने नेपालीहरु कार्यरत ठाउँ भन्ने बुझाइ धेरैको छ । अझ खाडी मुलुक जाने कामदारलाई हेर्ने दृष्टिकोण पनि आम जनमानसमा त्यही छ । तर, खाडी मुलुकमा धेरै राम्रो पदमा बसेर उत्कृष्ट कमाइ गर्ने नेपालीहरु पनि प्रशस्त छन् । संख्यात्कमरुपमा केही कम नेपालीहरु यस्ता भएपनि उनीहरु आकर्षक रोजगारी र तलवका कारण खुशी साथ बसेका छन् । त्यसैका एक उदाहरण हुन् यी चितवने ।
राष्ट्रियताबारे यति धेरै तिक्तता पोखे पनि उनी कतारको भन्दा आधामात्रै तलव नेपालमा मिल्ने हो भने स्वदेशमै र्फकन चाहन्छन् । बाध्यताले विदेशिएको भए पनि आफ्नो जन्मभूमिमै परिवार भएकाले उनलाई तानिरहन्छ । तैपनि उनी भन्न चै भन्छन्- ‘आज संसार सानो भइसकेको छ ।’
कतार जानेलाई हेर्ने दृष्टिकोण
काठमाडौ नजिकैको धुलिखेलका रामशरण श्रेष्ठ अहिले कतारको पाँचतारे होटलको मेनेजरकारुपमा कार्यरत छन् । दोहामा रहेको ग्राण्ड रिगल होटलका हर्ताकर्ता उनी होटल म्यानेजमेन्टका विश्वासपात्र पनि हुन् । उनी जापानलगायत अन्य देशमा काम गरेर कतार आइपुेका हुन् । उनी भन्छन् -’पहिला कतार भनेपछि मलाई पनि मन परेको थिएन, तर यहाँ काम गर्न थालेपछि पो थाहा भयो, हामी काम गर्नेलाई गल्फ उपयुक्त रहेछ ।’
कमाइ र सुविधाप्रति सन्तुष्ट यी श्रेष्ठ खाडीमा जाने नेपालीहरुलाई समाज र सरकारी निकायले हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने धारणा राख्छन् । उनी भन्छन्- ‘कहाँ काम गर्छस् भन्दा ‘कतार’ भन्यो भने बिहे हुन पनि गाह्रो छ, तर म यूरोप अमेरिकामा काम गर्ने नेपालीहरुको भन्दा कम कमाउँदिन ।’
अष्ट्रेलिया छाडेर कतार
केही वर्ष अष्ट्रेलियामा पढेर कतारमा काम गर्न आएकी काठमाडौकी सवनम बज्राचार्य जति खुशी छिन्, त्यति नै सन्तुष्ट पनि । अष्ट्रेलियामा नै अध्ययन गरेर उतै रोजगारी गर्ने उनको उद्धेश्य रहेको थियो । तर, विद्यार्थी भिसामा लुकेर काम गर्नु पर्ने अष्ट्रेलियाको नियति उनलाई मन परेन । उनी काम गर्नका लागि नै कतार छिरिन् । अहिले उनी बहुराष्ट्रिय कम्पनी कतार यूएई एक्सचेञ्जमा एचआर एसिसटेण्डकारुपमा कार्यरत छिन् । राम्रो अवसर पाएर काम गरिरहेकी बज्राचार्य उक्त कम्पनीमा पहिलो नेपाली महिला पनि हुन् । उनी कतारमा काम गर्न पाउँदा खुशी छिन् । उनी भन्छिन्- ‘हामी अष्ट्रेलिया तथा अमेरिकामा कानूनीरुपमा राम्रो काम गर्न पाउँदैनौ अनि तल्लोस्तरको काम गनुर्ृपर्ने बाध्यता हुन्छ, तर गल्फमा सम्मानजनक ढंगले वर्कपरमिट पाइन्छ ।’ उनले अन्य नेपालीहरुलाई पनि आग्रह गर्दै भनिन्- ‘पैसा कमाउनु छ भने गल्फ नै आउनुहोस् ।’ आम नेपालीहरुले गल्फमा गएका नेपालीहरुलाई हेर्ने दृष्टिकोण नराम्रो भएकामा उनको पनि आपत्ति छ । अझ नेपाली महिलाहरुका लागि कतार धेरै सुरक्षित र राम्रो भएको उनी बताउँछिन् । उनी आफ्नो अनुभवका आधारमा भन्छिन् – ‘योग्य महिलाहरुका लागि गल्फ भन्दा अरु विकल्प नै छैन ।’ उनीजस्तै अहिले धेरै महिला कामदारहरु कतारमा कार्यरत रहेका छन् । पाँचतारे होटलमा होस् या सपिङ मलमा अनि कतार एयरवेजमा होस् या टेवल वर्कमा नेपाली महिलाहरुले सम्मानजनक काम कतारमा गरिरहेका छन् ।
क्यासियरदेखि फाइनाइन्स प्रमुखसम्म
सन् २००७ मा यूएईमा अन्तर्वार्ता दिएर क्यासियरबाट रोजगारी शुरु गरेका काठमाडौका मनिष जोशी आज कतार यूएई एक्सचेञ्ज कतारको फाइनान्स प्रमुख भएर काम गरिरहेका छन् । कामप्रतिको लगनशीलता अनि कडा परिश्रमका कारण उनले आज कम्पनीमा राम्रो प्रभुत्व जमाउन सकेका हुन् । सोही कम्पनीमा कार्यरत दर्जनभन्दा बढी नेपालीहरु आफ्नो काम र दामप्रति सन्तुष्ट छन् । उनीहरुले नेपालको लाखभन्दा बढी मासिक आर्जन गरिरहेका छन् ।
सफलतासँगै समाज सेवा पनि
बैदेशिक रोजगारका क्षेत्रमा दुःख र समस्यामा परेका घटनाहरु मात्र छैनन् । केही नेपालीहरुलाई बैदेशिक रोजगारले धेरै माथि पुर्याएर सफल पनि बनाएको छ । सामान्य काममा विदेश छिरेका नेपालीहरु क्रमशः ठूलो पदमा पुगेका पनि धेरै छन् । असिसेण्ड एकाउन्टेनका रुपमा १५ वर्ष अगाडि कतार प्रवेश गरेका स्याङ्जाका टुकराज अर्याल आज सफल व्यक्तिमात्र बनेका छैनन्, एक समाजसेवीका रुपमा पनि चिनिएका छन् ।
कतार छिरेको वर्ष दिनपछि नेपाल फर्किने सोचमा रहेका अर्यालले १५ वर्ष कतारमै बिताए । उनी आज आफुले काम गर्ने कम्पनीमा प्रमुख एकाउण्टेड बन्न सफल भएका छन् । साइकलसम्म चलाउन नजान्ने अर्याल आज महंगो गाडी चढिरहेका छन् । उनी स्याङ्जा सहयोग समाज कतारका अध्यक्ष बनेर अहिले समाजसेवा गरिरहेका छन् ।
विदेशले पैसा मात्र होइन, सीप पनि सिकाएर
Post a Comment