आजको चन्द्रमा ठूलो र चम्किलो
असार ९–आइतबार चन्द्रमाको आकार ठूलो र बढी चम्किलो देखिदैँछ । चन्द्रमा पृथ्वीबाट सबैभन्दा नजिक आउने भएकाले चन्द्रमालाई ठूलो र बढी चम्किलो देख्न सकिने खगोलविद्हरुले बताएका छन् ।
चन्द्रमालाई नजिक र चम्किलो देखिने अवस्थालाई खगोलिय भाषामा ‘सुपर मुन’ भनिने खगोलविद्ले जानकारी दिएका छन् । आइतबार चन्द्रमा उदाउने र अस्ताउने समयमा ठूलो देखिन्छ ।
सबैभन्दा नजिक हुँदा चन्द्रमा पृथ्वीबाट ३ लाख ५६ हजार ९ सय ९१ किलोमिटर मात्र टाढा हुनेछ । त्यसैगरी सबैभन्दा टाढा हुँदा ४ लाख ५ हजार ४ सय १० किलोमिटर हुने खगोलविद्ले जनाएका छन् ।
चन्द्रमालाई आइतबार पछि सन् २०१४ अगस्टमा मात्र नजिक र बढी चम्किलो देख्न सकिन्छ ।

Post a Comment