बाघलाई कुकुरको भाइरस हानिकारक
वाइल्डलाइफ वेट्स इन्टरनेशनलका निर्देशक जोन लुइसले दाबीका साथ भनेका छन् कि यो विषाणुले इन्डोनेसियाको बाघका लागि खतरा पैदा गरेको छ ।
क्यानाइन डिस्टेम्पर भाइरस (सीडीभी) पहिला कुकुरहरुमा मात्र सक्रिय थियो तर अहिले यसले अरु प्राणीहरुलाई आफ्नो शिकार बनाउन सुरु गरिसकेको छ ।
डा. लुइस बाघलाई यस्तो विषाणुबाट बचाउनको लागि इन्डोनेसियाको पशु चिकित्सकहरुका साथ मिलेर एउटा योजना बनाउन चाहन्छन् ।
Post a Comment