Latest News

0
त्रिभुवन विमानस्थलभित्रै हुन्डी कारोबार
५ असार,  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सञ्चालित ‘हिमालयन मनी एक्स्चेन्ज’का सञ्चालक अच्युत हाडा हुन्डी कारोबारमा संलग्न भएको पाइएको छ ।
जगलमषमहानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीले जेठ १९ गते हाडालाई युरोप, अमेरिका, चीन, कतार, मलेसिया, जापान, क्यानडालगायत १५ देशका ५२ हजार ६ सय मुद्रासहित पक्राउ गरेपछि यसको रहस्य खुलेको हो ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार १० बर्षदेखि हाडाले एक्स्चेन्जका नाममा हुन्डी कारोबार गर्दै आएको कारोबार दैनिकमा खबर छ । बरामद विदेशी मुद्रा करिब १७ लाख रुपैयाँ बराबर हो । थप अनुसन्धानका लागि प्रहरीले हाडालाई राजस्व अनुसन्धान विभागलाई जिम्मा लगाए पनि २० लाख धरौटीमा छुटेका थिए । स्रोतका अनुसार आरोपित हाडा विदेशी मुद्रा हवाई मार्गबाट विदेश पठाउने तयारीमा थिए ।

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top