Latest News

0
जेलबाटै विदेश गुहादैछन् शोभराज
 केन्द्रीय कारागारमा कैंद सजाय भोगिरहेका बिकिनी किलरका नामले कुख्यात चाल्र्स शोभराज गुरुमुखले जेलभित्रैबाट अन्तर्राष्ट्रिय नियोग गुहार्न थालेका छन् । शोभराजले जेलमुक्त हुने उपायका रुपमा आफ्नै हस्तलिखित पत्र विभिन्न नियोगमा पठाउन खोजेको फेला परेको छ ।
केन्द्रीय कारागार प्रशासनले मानवअधिकार हनन् गरेको र आफूमाथि ज्यादती भएको आरोप लगाउँदै शोभराजले संयुक्त राष्ट्रसंघको नेपालस्थित नियोगमा पठाउन तयार पारेको पत्र बरामद भएको छ । पाँच पृष्ठ लामो पत्रमा शोभराजले कारागार विभागका प्रमुख शम्भु कोइराला, फ्रान्सेली राजदूत, मानवअधिकार उच्च आयोगकी इब्राहिम सलमा, फ्रान्सेली वकिल इसावेल र शकुन्तला थापालाई बोधार्थ गरेको छ ।
केन्द्रीय कारागारका भूत आतंक
केन्द्रीय कारागारमा कैदीबन्दीमाझ भूत आतंक मच्चिएको छ । कैदी टोपबहादुर अग्रेजा -मगर) को गत जेठ २७ गते अचानक मृत्यु भएपछि भूत आतंक मच्चिएको हो । अघिल्लो दिनसम्म स्वस्थ रहेका शिशिर भनिने अग्रजा घटनाका दिन बिहान अचानक चिच्याएर बेहोस भएका थिए । तत्काल अस्पताल लगिएका शिशिरलाई त्यहाँ पुर्‍याउनासाथ मृत घोषित गरिएको थियो । शिशिरको मृत्युपछि राति सुतिरहेका कैदीबन्दीलाई अचानक कसैले घाँटी अठ्याउने गरेको एक कैदीले बताए 

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top