हजार वर्ष पुरानो शिलालेख फेला
विसं १०१६ मा दैलेख जिल्लाको दुल्लुमा प्राप्त भएको शिला–अभिलेख नै नेपाली भाषामा लेखिएको पहिलो अभिलेख मानिएको छ ।
सामुदायिक अध्ययन केन्द्रले आज यहाँ आयोजना गरेको ‘नेपाली भाषाको हजारवर्ष’ विषयको कार्यक्रममा इतिहासकार मोहनप्रसाद खनालले तत्कालीन राजा अशोक चल्लको पालामा लेखिएको सो जिल्लाको शिला–अभिलेख भेटिएको र त्यो नै नेपाली भाषाको पहिलो अभिलेख भएको बताउनुभयो ।
गत वर्ष ‘नेपाली भाषाको हजार वर्ष’ नामक पुस्तक प्रकाशन गरिसक्नुभएका उहाँले आठौँ शताब्दीमा प्राकृत (नेपाली) भाषामा नाटक लेख्न थालिएको, त्यसलाई खस भाषा भनिएको र त्यही खस भाषालाई पछि नेपाली भाषाको स्वरुप दिइएको जानकारी दिनुभयो ।
चित्र –कलाकार डा रामकुमार भौकाजीले नेपालको पहिलो शिलाअभिलेखको प्रामाणिताकताबारे राखेको जिज्ञासामा खनालले अहिलेसम्म अध्ययन÷अनुसन्धानबाट भेटिएको शिला–अभिलेख यही भएको र यसको संरक्षण गर्नुपर्ने आवश्यकता रहेको छ भन्नुभयो ।

Post a Comment