0


छोरीलाई श्रीमती बनाएर सन्तान जन्माएको भन्दै पक्राउ

नेपाली समाजमा मात्र होइन अन्य देशमा पनि आफुले जन्माएको सन्तानलाई श्रीमान श्रीमतीको रुपमा स्वीकार गर्ने गरेको पाइन्न

। त्यसो गरेको थाहा पाएमा कानुनि कारबाही मात्र होइन सामाजिक बहिस्कार पनि हुने गर्छ ।

जन्म दिने आमाबाबुलाइ भगवान मान्ने गरिन्छ । तर आफ्नो छोरा छोरीलाई राम्रो बाटोमा हिड्न प्रेरित गर्नु पर्ने, संरक्षकको भूमिका निर्वाह गर्नुपर्ने बाबुले नै छोरीको बलात्कार गर्न थाल्छ, पत्याउने नसक्ने यो घटना घटना घटेको छ इटहरीमा ।


इटहरी -२ बस्ने एक व्यक्तिले आफ्नै छोरीसंग शारीरिक सम्पर्क राखी बच्चा जन्माएको घटना सार्बजनिक भएको छ । आफ्नै जेठी छोरीलाई सात वर्ष अघि श्रीमती बनाएका हुन् इटहरी शान्तिनगर बरगाछीनिवासी ५१ वर्षीय सौगात साहले ।

जेठी छोरी कबितासंग शारीरिक सम्पर्क राखी ६ बर्षको बच्चा पनि जन्माएका सौगात आफ्ना अन्य छोरीलाई पनि बलात्कार गर्न खोजे पनि यो घटनाको पर्दाफास भएको हो ।

सौगातका तिन छोरीहरु साइँली छोरी प्रीति, काइँली लक्ष्मी र अन्तरी पार्वतीले बाबुले बलात्कार गर्न खोजेको भन्दै सोमबार इलाका प्रहरी कार्यालय इटहरीमा बाबुविरुद्ध किटानी जाहेरी दिएपछि गतना सार्बजनिक भएको  छ ।

इज्जतको डरले वास्तविकता लुकाउनु परेको र अति नै भएपछि मात्र सार्बजनिक गरेका सौगातका छोरीहरुले बताएका छन् ।

 छोरीलाई श्रीमती बनाएको आफ्नै अन्य छोरीहरूले खुलासा गरेपछि प्रहरीले दुवैको स्वास्थ्य परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको छ ।

यो घटनाको उजुरी पछि उजुरी दिन आएकालाई एक्ला एक्लै सोधपुछ गर्दा सबैको एउटै बयान आएपछि प्रहरीले सौगातलाई प्रकाउ गरेको समाचारमा उल्लेख छ ।

उनीहरुले इज्जतको डरले यो घटना लुकाएको भएपनि सबै दिदि बहिनि नै असुरक्षित बनेपछि सार्बजनिक गर्नु परेको बताएका छन् ।घरमा बस्न असुरक्षित भएपछि अहिले तीन छोरीलाई भने इनरुवास्थित महिला विकास कार्यालयको सेवा केन्द्रमा राखिएको छ ।

सौगातका ६ छोरीमध्ये साइँली प्रीति १०, काइली र अन्तरी क्रमशः लक्ष्मी र पार्वती सोही ठाउँमा रहेको महेन्द्र उच्च माध्यमिक विद्यालयमा ७ कक्षामा पढ्दै आएका छन् ।

घटना सार्बजनिक भएपछि स्थानीय महिला अधिकारकर्मीहरू सौगातको परिवारविरुद्ध खनिएका छन् । उनीहरुले यस्तो जघन्य अपराध गर्नेहरुलाई समाजबाट बहिस्कार गरि कडा कारबाही गर्नु पर्ने माग गर्दै आएका छन् ।

घरमा छोरा देखेपछि समाजका अन्य व्यक्तिले प्रश्न गर्दा उनले र छोरीहरूले भेटेर ल्याएको भन्दै ढाँट्दै आएका थिए ।

जेठी छोरीबाट जन्मेको यो बच्चा सौगातको नभएको सौगात बताउछन । जेठी छोरीको प्रेमीले गर्भ बोकाएर भागेपछि बच्चा जन्मिएको र बदनाम हुने डरले आफुले वास्तविकता लुकाएको सौगातले बताएका छन् ।

उता जेठी छोरि पनि बाबुकै कुरालाइ सहि भन्दै आएकी छिन । उक्त ६ बर्षीय छोरा आफ्नो प्रेमीको बच्चा भएको र प्रेमी भागे पनि आफूले छोरालाई जन्म दिएको तर इज्जत जाने डरले  अहिले सम्म लुकाउदै आएको कबिता बताउछिन ।
data:newerPageTitledata:olderPageTitledata:homeMsg


Post a Comment

 
Top