0

फुटबल जस्तै डल्लो पार्न मिल्ने कार

carईण्डोनेशियाका एक आटिस्टले फुटबल जस्तो डल्लो पार्न मिल्ने कार तयार पारेका छन । ईण्डोनेशियाका ५० बर्षिय ईचवान नुरले १९५३ मोडल फक्सवेगन बीटललाई फोल्ड गर्न मिल्ने गरि तयार पारेका हुन ।
उनले एक पुरानो कारलाई गजब तरिकाले संशोधन गर्दै  फुटबल जस्तो देखिने बनाएका छन । कारलाई रिवेप गरेर दुरुस्तै बल जस्तो देखिने बनाईएको छ । प्रयोगकर्ताले आवस्यकता नपरेको बेला कारलाई फोल्ड गरेर बल जस्तो बनाएर राख्न सक्नेछन । नुरले बीटलको सबै पार्ट्सको प्रयोग गरेर कार तयार पारेका हुन । तर उनले पार्ट्सलाई एक अर्कामा जोड्न कपडा र एल्मुनियमको प्रयोग गरेका छन ।

Post a Comment

 
Top