जोडी भेटाइदिने ट्रेन
नगरपालिकाअन्तर्गतको यातायात कम्पनी रोपिडले यही वर्षको अन्तदेखि भूमिगत रेल सेवाको एउटा कम्पार्टमेन्टलाई ‘सिंगल’ यात्रीका लागि आरक्षित गर्ने भएको छ । जोडी नभएका तर जोडी खोज्न चाहनेहरूले मात्र यो कम्पार्टमेन्ट प्रयोग गर्न सक्नेछन् । यसका प्रवक्ता फिलिप ड्रपालले समाचार एजेन्सी रोयटर्ससँग भनेका छन्, ‘सार्वजनिक सवारी यात्रा गर्ने साधन मात्र होइन, तपाईंले आफ्नो कारमा उपभोग गर्न नपाएका सेवा यसमा पाउनुहुनेछ ।’
१२ लाख जनसंख्या भएको प्रागमा गएको वर्ष ५४ लाख विदेशी पर्यटक पुगेका थिए । तीन रुटमा चल्ने मेट्रो ५९ किलोमिटर लामो छ । यातायात कम्पनीले सडकमा निजी सवारीको संख्या घटाउने र सार्वजनिक सवारीसाधनको प्रयोग बढाउन यस्तो उपाय सोचेको हो । सधैं जाम भइरहने काठमाडौंले पनि सार्वजनिक सवारी साधनको प्रयोग बढाउन केही उपाय सिक्ने कि ?
Post a Comment