यो वर्ष आर्थिक बृद्धिदर घट्ने
नयां बजेट निर्माणबारे अर्थमन्त्रालयको तयारी बुझ्न अर्थमन्त्रालय पुग्नुभएका मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी सामु अर्थका पदाधिकारीहरुले आर्थिक बृद्धिदर घट्ने जानकारी गराएका हुन् । मन्त्रालयका सचिव शान्तराज सुवेदीले प्रतिवेदन पेश गर्दै अघिल्लो वर्ष ४ दशमलव ६ प्रतिशत रहेको आर्थिक बृद्धिदर यो वर्ष ३ दशमलव ६ मा झर्ने सम्भावना देखिएको बताउनुभयो । सो क्रममा चालु आर्थिक वर्षको दश महिनामा २ खर्ब ३४ करोड राजस्व संकलन भैसकेको जानकारी दिदै अर्थ सचिव सुवेदीले यो वर्ष व्यापार घाटा बढेकोले सुधारमा ध्यान दिनुपर्ने बताउनुभयो । त्यस्तै, अर्थमन्त्री शंकर कोइरालाले चुनावी सरकारको लक्ष्य र राष्ट्रिय उद्देश्यमा हानी नपुग्ने गरी बजेटको तयारी गरिएको जानकारी दिनुभयो । बजेट बारे जानकारी लिन अर्थ मन्त्रालय पुग्नुभएका मन्त्रिपरिषद अध्यक्ष रेग्मीले पनि राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ पार्ने र सर्वसाधारणलाई राहत हुने खालको बजेट बनाउन निर्देशन दिनुभयो ।
Post a Comment