0

माधव नचिन्दा साँघु चिप्लियो

sanghu
काठमाडौं – विभिन्न सञ्चारमाध्यम भित्रका गोप्य कुरा खोतलेर समाचार हाल्न र अन्य क्षेत्रका व्यक्तिहरुलाई पेल्नुसम्म पेलेर समाचार हाल्न खप्पिस साँघु साप्ताहिक यसपालि भने नराम्ररी चिप्लिएको छ । साँघुमा प्रकाशित एक अन्तर्वातामा एमाले निकट अनेरास्ववियुका अध्यक्ष माधव ढुंगेलको सट्टामा अन्नपूर्ण पोष्टमा कार्यरत पत्रकार माधव ढुंगेलको तस्विर राखिएको छ । अरु त अरु अनलाईनमा राखिएको अन्तर्वार्ता र फोटोसमेत हालसम्म हटाइएको छैन । साघुका सम्पादकदेखि त्यहाँ कार्यरता धेरै पत्रकार एमाले निकट मानिन्छन् । उनैले एमालेका विद्यार्थी संगठनका अध्यक्षलाई नचिन्नु लाजको विषय बनेको छ । अर्कोतिर विद्यार्थी नेताको ठाउमा आफ्नो फोटो छापिएपछि पत्रकार माधव ढुंगेलचाही अलमलमा परेका छन् । धेरैले उनलाई साघुमा अन्तर्वार्ता पढेको बताएपछि उनी छक्क परेका छन् । अरुका कुरा लेख्दा त मज्जै हुन्छ, आफै चिप्लिदा कस्तो भो हो साँघुकर्मीहरुलाई ?

Post a Comment

 
Top