0

ज्ञानेन्द्रका ज्वाइँ राजबहादुर खोजीको सुचीमा, एक महिनादेखि गायव


२३ जेठ,  पूर्वराजा ज्ञानेन्द्र शाहाका छोरीज्वाइँ राजबहादुर सिंहलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। क्यासिनोमा गैरकानुनी रुपमा नेपालीलाई जुवा खेलाएको आरोपमा प्रहरीले खोज्न थालेपछि उनी फरार छन् ।
raj bhadurसिंहलाई परार प्रतिवादी बनाई प्रहरीले जिल्ला अदालत काठमाण्डौंमा मुद्दा दायर गरेको छ । डेढ महिना खोज्दा पनि उनी अझै भेटिएका छैनन् ।
सिंहले दरबारमार्गस्थित याक एन्ड यती होटल परिसरमा रोयल क्यासिनो सञ्चालन गर्दै आएको  छ । सो क्यासिनोमा जुवा खेलिरहेका नेपालीलाई प्रहरीले बारम्बार पक्राउ गर्दै आएको छ । क्यासिनोमा विदेशीलाई मात्र जुवा खेल्ने अनुमति भए पनि नेपालीलाई समेत जुवा खेलाएको आरोपमा सिंहलाई महानगरीय प्रहरी परिसर काठमाण्डौंले पक्राउपुर्जी काटेको हो । सिंहलाई पक्राउ गर्न काठमाण्डौं परिसरले मातहतका अधिकारीलाई सर्कुलर पनि गरेको छ । तर उनलाई अझै पक्राउ गर्न सकिएको छैन ।
वैशाख १ गते महानगरीय प्रहरी प्रभाग दरबारमार्गले रोयल क्यासिनोमा छापा हानी ११ नेपालीलाई पक्राउ गरेको थियो ।

Post a Comment

 
Top