न्ने हो तरुनीको यौवन ?
अस्ट्रेलियाको एक टेलिभिजन च्यानलबाट एक यस्तो रियालिटी शो सुरु हुँदैछ जहाँ युवतीको भर्जिनिटीको लिलामी हुनेछ । यो शो मा कौमार्यको लिलामीका लागि हजारौँ तथा लाखौँ डलरको बोली लाग्नेछ । फिल्म निर्माता जस्टिन सिसलीले यो शो सुरु गर्दैछन् ।
सिसले ले अघिल्लो वर्ष एक डकुमेन्ट्री बनाएका थिए जुन ब्राजिलकी छात्रा क्याटरिना मिगलियोरिनी तथा रुसकी छात्रा एलेक्स स्टीपनोवको जिवनमा आधारित थियो । ती दुवै छात्राहरुले आफ्नो भर्जिनिटी लिलाम गरेका थिए । क्याटरिनाले आफ्नो भर्जिनिटी ७ लाख ८० हजार अमेरिकी डलरमा बेचेकी थिइन् । जापानका एक व्यापारीले यतिधेरै मोटो रकम खर्चेर उनको कौमार्य तोडेका थिए । जबकी एलेक्सले ३ हजार डलरमा आफ्नो कुमारीपन तोडाएकी थिइन् ।
यी दुइ छात्राको जिवनीमा आधारित डकुमेन्ट्री निकै विवादमा आयो र औपचारिक रुपमा रिलिज नै हुन पाएन । त्यो झट्का बेहोरेका सिसलेले यहीँ कन्सेप्टमा टेलिभिजन रियालिटी शो सुरु गर्न लागेका हुन् । उनका अनुसार यो शोको प्रशारण अधिकार एक बहुराष्ट्रिय वितरक संस्थाले लिइसकेको छ ।
यो शो को नाम भि डब्लु टू हुनेछ । शो मा सामेल हुनका लागि अहिले देखिनै हप्तामा ५० भन्दा बढि युवतीहरुले इमेलमार्फत आवेदन दिइसकेका छन् । अहिलेसम्म ३७५ जना युवतीले आफ्नो भर्जिनिटी बेच्ने मनसाय सहित इमेल पठाएको बताइएको छ । त्यस्तै युवतीको कौमार्य खरीद गर्ने क्रेताका इमेल पनि धमाधम आइरहेका छन् । १३० जना पुरुषले त्यसरी इमेल पठाइसकेका छन् ।
Post a Comment