0
रातो पहिरनले बढाउछ प्रजनन क्षमता
addsexlifeरातो र गुलाफी रंगका लुगा बढीजसो लगाउने महिलाको फर्टिलिटी अर्थात् प्रजनन क्षमता बढी हुन्छ । विवाहित महिलाले रातै पहिरन लगाउनुको कारण यही हुन सक्छ ।‘साइकलोजिकल साइन्स’ जर्नलमा प्रकाशित अध्ययन अनुसार, यस किसिमको अध्ययन पहिलोचोटि भएको हो । यसअघि रंग र फर्टिलिटीसँग जोडिएका अनुसन्धानहरू पशुमा गरिएका थिए । उक्त अनुसन्धानअन्तर्गत १८ वर्षदेखि ४७ वर्षसम्मका १ सय २४ महिलाको अध्ययन गरियो । उनीहरूसँग तिनको महिनाबारीको चक्र र पहिरनको रंगको जानकारी लिइयो । उनीहरू ‘उर्वर/फर्टाइल’ भएको दिनमा कुन रंगको लुगा बढी लगाउँछन् भन्ने पनि सोधियो ।अध्ययनमा पाइएअनुसार, जुन महिला रातो वा गुलाफी रंगको लुगा बढी लगाउँछन्, उनीहरूको प्रजनन क्षमता अन्यको दाँजोमा तीन गुणा बढी रहेको पाइयो । उक्त अनुसन्धानका आधारमा बि्रटिस कोलम्बिया युनिभर्सिटीले कामेच्छाको संकेत दिन कुन रंगको लुगा रोज्ने गरिएको छ भनेर महिलाहरूबीच सर्वेक्षण गरेको थियो । धेरैजसोले त्यस्ता बेला रातो रंगकै पहिरन लगाउने गरेको बताएका थिए ।

Post a Comment

 
Top