0


३५ किलो अवैध सुन बरामदGold

  • ड्राइभर समातिए, खास मालिक थाहा छैन

काठमाडौ, असार २६ - चीनको खासा क्षेत्रबाट अवैध रुपमा ल्याएको ३५ किलो सुन सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले कोटेश्वरमा बुधबार बिहान बा.३.ख २५७० नम्बरको कन्टेनरबाट उक्त सुन बरामद गरको हो ।
ब्यूरोले पत्रकार सम्मेलन गरी बरामद सुन सार्वजनिक गरेको छ । उक्त सुन १७ करोड रुपैयाँ बराबारको छ ।  कन्टेनर चालक सिन्धुपाल्चोक तातोपानीका छिरिङ तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको ब्यूरो प्रमुख डिआईजी प्रकाश अर्यालले बताए । चीनको खासाबाट सामान लिएर आएको र भन्सारले सिलबन्दी गरेको कन्टेनर बाहिर 'फल्स बटम' बनाएर त्यस भित्र सुन लुकाइएको थियो ।

Post a Comment

 
Top