१० ग्राम सुनका सिक्का आयातमा ३६ सय भन्सारशुल्क
रवि दाहाल
सरकारले आर्थिक अध्यादेश २०७० मार्फत वाणिज्य बैंकहरूले सर्वसाधारणलाई सुनका सिक्का बिक्री गरेमा प्रतिदस ग्राम तीन हजार ६ सय रुपैयाँ भन्सार शुल्क तिर्नुपर्ने व्यवस्था गरेको छ। यसअघि सुनका सिक्का बिक्री गर्दा लिने भन्सारशुल्कका सम्बन्धमा अन्योल थियो।
आर्थिक अध्यादेशमा सुनका सिक्का बिक्री गर्दा लाग्ने भन्सार शुल्कको व्यवस्था गरिए पनि राष्ट्र बैंकको निर्देशनबिना वाणिज्य बैंकहरूले बिक्री गर्न पाउँदैनन्। हाल वाणिज्य बैंकले सुनचाँदी व्यवसायी संघलाई सुन बिक्री गर्नुपर्ने व्यवस्था छ। व्यवसायीमार्फत सर्वसाधारणले सुनका गहनामात्र किन्न पाउँछन्। ढिक्का सुन भने किन्न पाउँदैनन्।
बैंकर्स संघका पूर्वअध्यक्ष एवं एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत ससिन जोशीले सिक्का सुन किन्दा तिर्नुपर्ने भन्सारशुल्क निर्धारण गरिएकाले यससम्बन्धी अन्योल हटेको बताए। ‘राष्ट्र बैंकको अर्को निर्देशन नआएसम्म बैंकले सर्वसाधारणलाई सुनका सिक्का भने बिक्री गर्न पाउँदैनन्’, उनले भने। गहना विक्रेता व्यापारीसँग मात्र सुन किन्दा अत्यधिक रसायन र मिसावटका कारण आमउपभोक्ता ठगिने गरेको गुनासोका आधारमा सरकारले सुनको वितरण सहज बनाउन सर्वसाधारणले माग गर्दै आएका छन्। सरकारले शोधनान्तर घाटा कम गर्न सुन आयातमा परिमाणात्मक बन्देज लगाउँदै आएको छ।
आर्थिक अध्यादेशको दफा १४ को उपदफा (३) (झ) सँग सम्बन्धित शीर्षकमा सुनमा प्रतिदस ग्राम तीन हजार ६ सय रुपैयाँ भन्सार महसुल लाग्ने व्यवस्था कायम गरी वाणिज्य बैंकले सर्वसाधारणलाई बिक्री गर्ने उद्देश्यले आफ्नो लोगो अंकित ससाना परिमाणका सिक्का पैठारी गरेमा उक्त सिक्कामा भाग ७१ को शीर्षक ७१.०८ मा पर्ने सुन सरह नै भन्सार महसुल लाग्नेछ भन्ने व्यवस्था गरिएको छ।
‘नयाँ प्रावधानले साना व्यापारी र सर्वसाधारण दुवैलाई हित गर्नेछ’, नेपाल सुनचाँदी व्यवसायी संघ पर्साका निवर्तमान अध्यक्ष रामरतन सर्राफले भने। वाणिज्य बैंकले आयात गर्ने सुनमा सीमित ठूला व्यापारीको मात्र पहुँच हुँदा आन्तरिक बजारमा कालाबजारी बढेको अनुमान छ। वाणिज्य बैंकबाट एक किलो सुन खरिद गर्दा ४५ देखि ५० लाख रुपैयाँ एकमुष्ठ लगानी गर्नुपर्ने बाध्यताका कारण ठूला व्यापारी वा तस्करको पहुँचमा मात्र सुन सीमित छ। ‘भाउ घटेका बेला सुन खरिद गर्ने योजना बनाए पनि बजारमा मिसावटयुक्त गहनाबाहेक शुद्ध सुन किन्न नपाउँदा समस्या भएको छ’, वीरगन्जका कृष्णा कुर्मीले भने, ‘सुनका ससाना सिक्का सीधै बैंकबाट किन्न पाउने व्यवस्था भए हामी पनि ठगिनबाट जोगिने थियौं।’
बैंकबाट सुन किन्ने सर्वसाधारणको नागरिकता प्रतिलिपिसहित विवरण राख्ने र त्यसको सम्बन्धित निकायले नियमित रूपमा अनुगमन गर्न सके सर्वसाधारणलाई सिक्का सुन बिक्री गर्दा फाइदा पुग्ने स्थानीय व्यापारी धर्मनाथ सर्राफ बताउँछन्। सुनमा प्रतिदस ग्राम तीन हजार ६ सय रुपैयाँ भन्सार महसुल तिर्नुपर्ने व्यवस्था छ। नेपालभन्दा भारतमा सुनको पैठारी महसुल थोरै हुँदा तस्करले तेस्रो मुलुकबाट आयातीत सुन स्थलमार्ग हुँदै सीधै भारतीय बजारमा पुर्याउँछन्।
भारतीय रुपैयाँको अभावका कारण स्थानीय बजारमा भारुको सटहीदरमा भएको कृत्रिम वृद्धिले पनि सुन तस्करलाई फाइदा थपिने गरेको छ। भारतमा भन्दा हामीकहाँ भन्सारदर बढी बनाउनुपर्ने हुन्छ। सुन बेचेर कमाएको भारु नेपाली बजारमा भित्र्याएर राष्ट्र बैंकले तोकेको दर भन्दा तीनदेखि पाँच रुपैयाँसम्म महँगोमा बिक्री भइरहेको व्यापारी बताउँछन्। सुनको अवैध निकासीबाट प्राप्त रकम भारतीय बजारबाट बैंकिङ प्रणालीको साटो हुन्डीमार्फत भित्रिने गरेको छ।

Post a Comment