सेक्स गर्दागर्दै ‘हर्टअट्याक’ हुन सक्छः अध्ययन
समाचार एजेन्सी बीबीसीका अनुसार शोधकर्ताको भनाई छ कि शारीरिक सम्बन्धका समयमा समेत मुटुमा गम्भीर असर पर्न सक्छ । शोधकर्ताले ४५ जना मानिसमा मुटुमा हुने समस्या मध्ये १ जना मानिसमा यस्तो समस्या यौन सम्बन्ध कायम गरिरहेको समयमा हुने पाएको जनाइएको छ ।
त्यस्तै समाचारमा भनिएको छ कि फ्रान्सका पूर्व राष्ट्रपति फेलिक्स र कम्तिमा २ जना पोप यस्ता छन्, जसको मृत्यु शारीरिक सम्बन्ध कायम गरिरहेको समयमा मुटमा भएको गम्भीर समस्या (हर्टअट्याक)को कारण भएको थियो ।
त्यतिमात्रै होइन्, शोधकर्ताका अनुसार जो व्यक्ति एकल यौन गतिविधिमा सक्रिय हुन्छन्, उनीहरु अन्धोपनाको शिकार समेत हुन सक्छन् । यस प्रकारको मामिलामा श्वासप्रश्वास रोकिने कारणबाट समेत मानिसको मृत्यु हुन सक्छ । तथापी यस किसिमको मामिला भने निकै कम बाहिर आएको जनाइएको छ ।
हलिउड अभिनेता डेविड केराडाइन, गायक माइकल हचेन्स तथा बेलायतका एक सांसदको मृत्यु यसै कारण भएको बीबीसीले उल्लेख गरेको छ ।
एक अध्ययन अनुसार क्यानाडाको २ राज्यमा यस प्रकार कम्तिमा १ सय १७ जना व्यक्तिको ज्यान गएको तथ्यांक पाइएको जनाइएको छ ।
Post a Comment