0

टाईट जिन्स पहिरिने पुरुष नपुंसक बन्न सक्छन् !

 जिस्सको पाईंन्ट लगाउने गर्नुहुन्छ ? यदी लगाउने गर्नुहुन्छ भने होस् पुर्‍याउनुहोस्, शरीरमा एकदमै टाँस्सिने खालको टाईट जिन्स पाईंन्ट नलगाउनुहोस् । टाईट जिन्स पाईंन्ट पहिरिनाले तपाईंलाई नपुंसक बनाउन सक्छ ।
हालैमा ब्रिटेनमा गरिएको एक शोधले टाईट जिन्स पाईंन्ट पहिरिने पुरुषमा शुक्रकिटको मात्रा कम हुने देखिएको छ । त्यस्तै जो व्यक्ति दिनहुँ टाईन्ट जिन्स पाईंन्ट पहिरिने गर्छन्, उनीहरु नपुंसक समेत बन्न सक्छन् ।
ब्रिटेनमा गरिएको शोधमा ५ सय १३ जना पुरुषमा गरिएको अध्ययनबाट यस्तो नतिजा पाएको जनाइएको छ । अध्ययनकर्ताहरुले दिनहुँ टाईट (छालासँग टाँस्सिने) जिन्स पाईंन्ट पहिरिने पुरुषहरुमाथि गरेको अध्ययन परीक्षणमा विस्तारै त्यस्ता व्यक्तिहरुको शुक्रकिट कम हुँदै गएको पाएको जनाइएको हो । त्यस्तै त्यस्ता व्यक्तिहरुमा यौनसँग सम्बन्धित विभिन्न विकारहरु समेत देखिएको जनाइएको छ ।
उक्त शोधका अनुसार टाईट जिन्स पाईंन्ट पहिरिने पुरुषहरुमा कम्मर मुनीको शरीरको भागको तापक्रम ज्यादा हुने गर्छ । जसको कारण मांसपेशीले अक्सिजन प्राप्त गर्न सक्दैन र शुक्रकिटमाथि असर पर्न जान्छ, शुक्रकिट घट्न थाल्छ । त्यस्तै नयाँ शुक्रकिट बन्न मुस्किल हुन्छ । जसको कारण पुरुष नपुंसक बन्नेसम्मको अवस्था सिर्जन हुनसक्ने बताइएको छ । 

Post a Comment

 
Top