0

वनको काफल वनकै चरीलाइ गाउने गायिका थापा हुनुमानढोका हिरासतमा– वनको काफल वनकै चरीलाई लगायतका चर्चित लोक तथा दोहरी गित गाउने गायिका श्रृजना विरहि थापा आईतबार फेरी हनुमानढोका प्रहरीको हिरासतमा पुगेकि छिन । यस पटक उनि हनुमानढोका पुग्नुको कारण हो अवैध जुवा धन्दा ।
परिसरका प्रवक्ता डिएसपी चक्रबहादुर सिहका अनुसार यस पटक उनि एक्लै नभएर सात जना हनुमानढोका पुगेका छन । सामाखुसी भण्डारी टोल स्थित मान बहादुर थापाको घरमा अवैद्य रुपमा तास लेखीरहेको अवस्थामा तिन लाख तिन हजार छ सय साठी नगद, ६ बुक तास , विभिन्न दरका तिन रंगको क्वाईन थान ७६ र चेक २ थान सहित उनिहरु पक्राउ परेका हुन । पक्राउ पर्ने अन्यमा स्याङ्गजा कोलबास–२ घर भएका वर्ष ३७ को ताङ्ग बहादुर थापा, गोर्खा बार्पक–७ घर भएका वर्ष ४६ को जित बहादुर घले, पर्वत माझपाट–७ घर भएका वर्ष ३० को डम्बर वि.सि., पर्वत माझपा६–१ घर भएका वर्ष ३२ को नर बहादुर क्षेत्री, लमजुङ्ग मोहरीया–८ घर भएका वर्ष ३० को होम बहादुर गुरुङ्ग र बाग्लुङ्ग धाम्जा–५ घर भएका वर्ष २८ को दिपेन्द्र भण्डारी रहेका छन । यसअघि गायिका थापा ढुकुटी खेलाएर पैसा नतिरेको अभियोगमा पक्राउ परेकि थिईन ।

Post a Comment

 
Top