0

को आउदैछन गोरखापत्र, रेडियो नेपाल र राससमाको आउदैछन गोरखापत्र, रेडियो नेपाल र राससमा

काठमाडौं : एमालेले अघिल्लो सरकारका नियुक्ति बदर गरी नयाँ नियुक्ति गर्न मन्त्रीलाई दबाब दिएको छ। एमाले सिफारिसमा मन्त्री भएका सूचना तथा सञ्चारमन्त्री माधव पौडेललाई रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कार्की, राष्ट्रिय समाचार समितिका अध्यक्ष कोमल बराल, नेपाल टेलिभिजनका अध्यक्ष सीताराम अग्रवाल, गोरखापत्र संस्थानका अध्यक्ष रामकिशोर सिंहलाई हटाई नयाँ नियुक्ति गर्न पार्टीले दबाब दिएको स्रोतको दाबी छ।
कांग्रेस र अर्थमन्त्री शंकर कोइरालाले कोइरालालाई महाप्रबन्धक बनाउन दबाब दिएको स्रोतले जनाएको छ। सञ्चार मन्त्रालयका अनुसार आगामी असोज २५ गते म्याद सकिन लागेका गोरखापत्र संस्थानका अध्यक्ष सिंहलाई अहिले हटाउने योजना छैन। मन्त्री पौडेलले गोरखापत्र संस्थान सञ्चालक समितिको रिक्त सदस्य पदमा एमाले र राष्ट्रिय समाचार समितिको सञ्चालक समिति सदस्यमा कांग्रेस सिफारिस सदर गर्ने र रेडियो नेपाल सञ्चालक समिति सदस्यमा कर्मचारी राख्ने योजना बनाएको स्रोतले जानकारी दियो। सञ्चारमन्त्रीका प्रेस सल्लाहकार मातृका पौडेलका अनुसार प्रमुख चार राजनीतिक शक्ति सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको निर्णयबिना पुराना नियुक्ति खारेज गर्ने योजना छैन।
स्रोतका अनुसार न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गोविन्द आचार्यको म्याद सकिएपछि नयाँ नियुक्तिका लागि एमालेमा विवाद देखिएको छ। रिक्त अध्यक्ष सिफारिस गर्न सञ्चार मन्त्रालयका सहसचिव नारायण सन्जेलको संयोजकत्वमा नेपाल पत्रकार महासंघका सभापति शिव गाउँले र साँघु साप्ताहिका सम्पादक गोपाल बुढाथोकी रहेको तीन सदस्यीय समिति बनाइएको छ।
समितिका एक सदस्यका अनुसार प्रेस चौतारीका पूर्वअध्यक्ष गगन बिष्ट, प्रेस युनियनका पूर्वअध्यक्ष समीरजंग शाह, नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष कौशल चेम्जोङ, पत्रकार चन्द्र किशोर र खेम भण्डारीको नाम छलफलमा आएको छ। स्रोतका अनुसार एमाले अध्यक्ष झलनाथ खनालले बिष्ट, वरिष्ठ नेता माधवकुमार नेपालले चेम्जोङ र नेता केपी शर्मा ओलीले भण्डारीका पक्षमा वकालत गरेका छन्। सरकारी कर्मचारी भएका कारण शाहलाई भने अध्यक्ष बनाउन नसकिने निष्कर्षमा सिफारिस समिति पुगेको छ।
यसअघि मन्त्री पौडेलले गोरखापत्रको प्रधानसम्पादकबाट सीताराम अग्रहरीलाई हटाएर पुष्कर माथेमालाई, संस्थानको सञ्चालक समितिका सदस्य कुमार विवेकानन्दलाई हटाएर प्रेस चौतारीका पूर्वउपाध्यक्ष श्रीधर आचार्यलाई, नेपाल टेलिभिजन सञ्चालक समितिको सदस्यमा पदावधि सकिएका क्रान्तिकारी पत्रकार संघका निर्मल ज्ञवालीको स्थानमा पत्रकार टंक पन्तलाई नियुक्त गरेका थिए।
प्रेस काउन्सिल अध्यक्षमा बोर्णबहादुर कार्कीलाई बाबुराम भट्टराई नेतृत्वको सरकारले अन्तिम समयमा नियुक्त गरेको थियो। गोरखापत्र संस्थानको महाप्रबन्धकमा खुला प्रतिस्पर्धाको प्रारम्भिक छनोटमा परेका निमित्त प्रधानसम्पादक पुष्कर माथेमा अन्तिम सिफारिस सूचीमा नपरेपछि सिफारिस सूचीमा परेका तीनजनामध्ये कसलाई महाप्रबन्धक बनाउने भन्नेमा मन्त्री पौडेल र एमाले नेतृत्व अन्योलमा छ। अन्तिम सिफारिस सूचीमा सुशील कोइराला, रामप्रसाद हुमागाईं र कृष्ण घिमिरे छन्।

Post a Comment

 
Top