0

वीपीको सशस्त्र क्रान्तिलाई साथ दिन विमान अपरहणको जोखिम मोले“


वीपीको सशस्त्र क्रान्तिलाई साथ दिन विमान अपरहणको जोखिम मोले“
दुर्गा सुवेदी
वरिष्ट राजनीतिज्ञ
वीपीको सशस्त्र क्रान्तिलाई साथ दिनका लागि ‘हाइज्याकिङ’मा लागे“ ‘प्लेन’ अपहरण भइसके पछि मेरो प्रदीप गिरिस“ग भेट भयो । उहा“ले भन्नुभयो – तपाईंले यो गर्नै नहुने काम गर्नुभयो । अब बर्बाद हुन्छ । यिनीहरू पैसा पाए पछि मनपरी गर्न थाल्छन् ।  सुशील कोइराला पारीपट्टि बस्नुहुन्थ्यो, उतार्ने ठाउ“हरू उहा“ले नै हेर्नुभएको थियो ।
अहिलेको नेपालको राजनीतिलाई कसरी हेर्नु भएको छ ?
शान्ति संझौतापछि नेपालमा शान्ति स्थापना होला र मुलुकको राजनीतिले नया“ बाटोलेला भन्ने सोचिएको थियो, त्यो हुन सकेन । त्यसो नहुनुको कारण मानिसहरुले विस्तारै मूल्याङ्कन गर्दै जालान् । कम्युनिष्टहरुस“ग नेपाली कांग्रेसले जुन संझौता ग¥यो, दिल्लीको माध्यमबाट, त्यसमा आफ्नो हात माथि नराखीकन नेताहरुको निहित स्वार्थहरुको लागि मात्रै शान्ति संझौता गरिएको देखियो । यसको परिणाम राम्रो होला जस्तो लागेको छैन ।  
तपाईले सक्रिय राजनीति गर्दाको बेला र अहिलेको राजनीतिमा के भिन्नता पाउनु भएको छ ?
त्यतिबेला मूल्य र मान्यताको राजनीति हुन्थ्यो । त्यतिबेला रामचन्द्र पौडेलजी नेविसंघको संगठन गर्न झोला बोकेर मेरो घरमा पुगेका थिए, पैदल हिड्थे । निश्चित लक्ष्य राखेर जनतालाई मूल्य र मान्यतामा गा“सेर प्रजातन्त्र स्थापित गर्नुपर्छ भन्ने काममा लाग्थ्यौं । मूल्य र मान्यताको राजनीति गरेर अहिलेका धेरै कांग्रेसी नेताहरु यहा“सम्म आइपुगेका हुन् । अहिले रामचन्द्र पौडेलमा मूल्य र मान्यता बाकी छैन । मूल्य र मान्यताको राजनीति गर्ने भए, त्यतिधेरै पटक प्रधानमन्त्रीको चुनाव लड्ने थिएनन् । मूल्य र मान्यताको राजनीति गर्ने मान्छेले अहिले नभएपछि पछि भइएला भनेर पछाडि फर्कन सक्नु पर्दछ । मूल्य र मान्यताको राजनीति गर्न नसक्दा गलत सन्देश गयो । सत्ताको लागि मात्रै राजनीति गर्ने होइन, सत्ताले मात्रै परिवर्तन गर्ने पनि होइन । सत्ता बाहिर बस्ने शक्तिले पनि परिवर्तन गर्न सक्दछ । जनतालाई विश्वासमा लिन सक्यो भने गर्न सकिन्छ । भारतमा सत्ता भन्दा बाहिरका मानिसहरु अहिले भ्रष्टाचार विरुद्धको अभियानमा लडिराखेका छन् । नेपालमा अहिले मूल्य र मान्यताको राजनीतिमा ह्रास आएको छ ।
मूल्य, मान्यता र आदर्शको राजनीतिलाई बचाई राख्न के गर्नु पर्छ ?
पहिला हामीले के गर्न खोजेको हो भन्ने स्पष्ट हुनुपर्छ । प्रजातन्त्र भनेको के हो, यो कस्तो खालको जीवन पद्धति हो भन्ने बुझ्नु पर्दछ । प्रजातन्त्र भनेको अरुको लुटेर खाने होइन । प्रचण्डजी जनताको घरमा बसेर लड्नु भएको हो तर आज मोजमज्जा सहित ठूलो घरमा बस्नु भएको छ । त्यसले त मूल्य र मान्यता ह्रास गराएको देखियो । उहा“ले लडे अनुसार जनतालाई के दिनु भयो त ? म जनतालाई के दिनसक्छु भन्ने नै प्रजातन्त्रको मान्यता हो । आफुले त्याग गरेर भएपनि, नखाएर भएपनि, दुःख पाएर भएपनि, जेल गएर भएपनि जनता र राष्ट्रलाई केही दिन सक्नु नै मूल्य र मान्यताको राजनीति हो । यो काम सबैले गर्न सक्दैनन् । वीपी ८ वर्ष जेल बस्नु भयो, भारत प्रवासमा रहनु भयो तर मूल्य र मान्यताको राजनीति कहिल्यै छाड्नु भएन । उहा“ले राजाको विरोध कहिल्यै पनि गर्न मान्नु भएन । राजतन्त्रले उहा“लाई निक्कै अपमान ग¥यो । तर पनि उहा“ले राजा नरहे देश रहदैन, देश नरहे म रहदिन, हामी सबैलाई सिद्धाउछन्, त्यसैले राजास“ग गला बा“धीएको छ भन्नु भयो । मूल्य र मान्यतामा आदर्श मात्र होइन, व्यावहारिकता पनि चाहिन्छ । मूल्य र मान्यता बाच्न सक्ने गरी हुनुप¥यो । राजनीतिक कार्यकर्ता भनेको मोजमस्ती गर्ने, सुखसयल गर्ने, अनि जनताको घरमा गएर भोट माग्ने, भोट किन्ने जस्तो काम मूल्य र मान्यताको राजनीति होइन । तर अहिले चलिरहेको राजनीति नेपालमा धेरै दिनसम्म चल्न सक्दैन ।  
प्रजातन्त्र वहालीको योद्धाका रुपमा अहिलेको लोकतन्त्र सोचेजस्तो पाउ“नु भएको छ ?
अहिले मुलुक भित्र स्तन्त्र ढंगबाट हिड्डुल गर्ने अवस्था समेत छैन । कोही पनि सुरक्षित छैनन् । प्रजातन्त्रको नाममा छाडातन्त्र स्थापित भएको छ ।  
प्रजातन्त्र संकटमा पर्नुको कारण के हो ?
मुख्य त नेतृत्वको कमजोरी हो । समग्रमा नेपाली जनताको पनि कमजोरी हो । नेपाली जनता कसलाई भोट दिन्छन् भने, जसले तस्करी गर्छ, भ्रष्टाचार गर्छ, गुण्डागर्दी गर्छ, त्यस्तालाई भोट दिनुपर्ने अवस्था छ । गुण्डाले नै बुथ क्याप्चर गर्छ अनि मतदान गराउछन् । भोलि चुनाव भयो भनेपनि जसले अरवौं रुपैया“ खर्च गरेर चुनाव पनि गराएन तिनै अपराधिलाई भोट दिन्छन् ।  जनताले सोच्ने बेला आएको छ । जनताले पहिले भन्दा धेरै बुझे जस्तो लाग्छ । सहरीया भन्दा पनि गाउ“ले युवा पढे–लेखेकाले बुझेका छन् । ती थोरै छन् तर सशक्त छन् । गाउ“–गाउ“मा घुम्दा नेताहरूको कामको विरोध गरिरहेका भेटिन्छन् । तर यो आवाज संगठित छैन । यो मूल्य र मान्यता भएका मानिसहरूको काम हो । पहिले माओवादीका कारण गाउ“ पस्ने अवस्था थिएन । अहिले तपाईं गाउ“ जान सक्नुहुन्छ । माओवादीले गरेको लुट र हत्यालाई गलत हो भनेर नेपाली जनताहरूले भन्न थालेका छन् । यसरी सचेतना बढ्दै गएको छ ।
तपाईं राजनीतिप्रति कसरी अकर्षित हुनुभयो ?
म पहाडमा जन्मिएको मानिस हु“ । २०१५ सालको चुनावमा नेपाली कांग्रेसले गरेको भाषण सुनेको थिए“ । गरिब जनता राई, लिम्बु जनजाती नेपाली कांग्रेसको पक्षमा थिए । त्यतिबेला बाहुनले हलो जोत्न हुन्न भने पनि हलो जोत्न थाले । कांग्रेसले गतिशील काम गरेको र काम गरेर खानुपर्दछ भन्ने कांग्रेसको सन्देश गएको थियो । त्यसले मलाई कता–कता छोयो । गाउ“ गाउ“ गएर कांग्रेसका मानिसहरू पाठशाला खोल्नुपर्दछ भन्थे । कांग्रेसकै बेलामा खुलिएका पाठशालामा मैंले पढे“ । मेरो भित्री अन्तर्आत्माले नै राजनीतिमा लागेर मात्र नया“ कुरा भन्न सकिने रहेछ, परिवर्तन सकिने रहेछ भन्ने लाग्यो । त्यसैको सिलसिलामा आज म ७० वर्षको हुन लागे“ ।
प्रजातन्त्र बहालीका लागि कस्ता–कस्ता आन्दोलन गर्नुभयो ?
म विद्यार्थी आन्दोलनमा नै धेरै लागे“ । रमाइलो झोडा काण्ड भयो, पूर्वमा । नारायण सिंह डिआईजी काण्ड जति पनि आन्दोलन भए, ती सबै आन्दोलनमा जेलमा पर्नु पथ्र्याे । म ५ महिना, ९ महिना गरी ५ पटक विराटनगर जेलमा परे“ । त्यस पछिको लामो जेल जीवन काठमाडौंको भद्रगोल जेलमा बिताए“ । त्यस बखत सरोज कोइराला, रामचन्द्र पौडेल, शेरबहादुर देउवा लगायत धेरैजसो हामी त्यही“ नै थियौं । मैंले ४÷५ वर्ष जेल जीवनमा बसे“ । त्यसबेला जेलबाट बाहिर निकालेर मारिने गरिन्थ्यो । मलाई अब केही क्रान्तिकारी काम नगरी हु“दैन भन्ने लागिरहेको थियो । त्यसैबेला गिरिजाप्रसाद कोइराला जेलबाट छुट्नुभयो । उहा“ले तरूण क्लब खोल्न थाल्नुभयो । त्यसमा सक्रिय हु“दा–हु“दै नेपाली कांग्रेसमा सक्रिय भए“ ।
तपाईंले आन्दोलनका क्रममा को–कोस“ग सहकार्य गर्नुभयो ?
मेरो गिरिजाबाबुस“ग लामो संगत भयो । गिरिजाबाबुस“ग नेपालमा हु“दा पनि र बाहिर बस्दा पनि स“गै काम गरे“ । फर्केर आए पछि किसुनजीस“ग काम गरे“ ।
तपाईंहरूले ‘प्लेन’ अपहरण किन गर्नुभएको हो ?
त्यो हामीले गरेको होइन । नेपाली कांग्रेसले गरेको हो । नेपाली कांग्रेसले सशस्त्र आन्दोलन गर्ने भनेर वीपी कोइरालाले घोषणा गर्नुभएको थियो । पैसा चाहिन्छ, पैसाबिना हात–हतियार हु“दैन भन्ने कुरा भइराखेको थियो । जेलमा हामी बस्दा सरोज कोइरालाले जग्गा बेचेर भए पनि राजनीति गर्नका लागि हतियार खरिद गर्नुपर्छ भन्नुहुन्थ्यो । यो कुरा म सुनिरहन्थे“ । म एक वर्ष जेल बसेर गए पछि वीपीलाई हामीले पैसा जम्मा गर्नुपर्छ, बैंकबाट गर्ने कि कसरी गर्ने भनेर भने“ । यस्तै कुरा गर्दै जा“दा ‘प्लेन हाइज्याकिङ’को कुरा आयो । वीपीको सशस्त्र क्रान्तिलाई साथ दिनका लागि ‘हाइज्याकिङ’मा लागे“ । यो कुरा गिरिजाबाबुले कताबाट थाहा पाउनुभएको रहेछ । उहा“ले कुरा गर्दा मैंले भने“–हामीले पनि सोचेका थियौं कि गिरिजाबाबु सरोजबाबुस“ग पनि यस्तै कुरा भएको थियो । यस्तै गर्ने हो भने म गर्छु भनेर मैंले भने“ । गिरिजाबाबुले मलाई वीपीकोमा लैजानुभयो । वीपीले सोध्नुभयो– यस्तो जोखिमपूर्ण काम गरेर हुन्छ ? हामीले कोशिश गर्ने हो । म त कोशिस गर्छु ।
यस काममा को–को हुनुहुन्थ्यो ?
म, नगेन्द्र, वीरेन्द्र, वसन्त थियौं । सुशील कोइराला पारीपट्टि बस्नुहुन्थ्यो, उतार्ने ठाउ“हरू उहा“ले नै हेर्नुभएको थियो । बाहिरबाट हेर्ने काम गिरिजाबाबु र सुशील कोइरालाले गर्नुभएको थियो ।
आफुले गरेको त्यो पहिलो कामको समीक्षा गर्दा गलत वा सही के लाग्छ ?
त्यस बेलाको क्रान्तिकारी धार हो यो । भारतमा पनि त्यस्तो भएको थियो । वीपीहरू पनि लाग्नुभएको थियो । यो कामले नेपालमा लोकतन्त्र आउ“छ भने त्यस्तो दुश्साहसी काम हु“दा–हु“दै पनि गर्नुपर्छ । यो ‘हिनिजियस’ (गर्न नहुने) अपराध जस्तै हो । यसमा मानिसको मृत्यु पनि हुन सक्छ । तर त्यो अभियोगबाट हामी बच्यौं । कसैलाई केही भएन । आफ्नो उद्देश्य पुरा गरेको हुनाले त्यो काम मलाई ठीकै लागेको छ ।
त्यस अपरहणले नेपालमा कस्तो परिवर्तन ल्यायो ?
‘प्लेन’ अपहरण भइसके पछि मेरो प्रदीप गिरिस“ग भेट भयो । उहा“ले भन्नुभयो – तपाईंले यो गर्नै नहुने काम गर्नुभयो । अब बर्बाद हुन्छ । यिनीहरू पैसा पाए पछि मनपरी गर्न थाल्छन् । पार्टीमा अन्तद्र्वन्द्व बढ्छ । तपाईंले बेठीक काम गर्नुभयो भनेर भन्नुभयो । यस्तो आतंकीत काम गर्नुहु“दैन । यसको राम्रो परिणाम आउला जस्तो मलाई लाग्दैन भन्नुभयो । तर त्यो पैसाले हतियार किनियो, लडाईं भयो । हुन त राम–लक्ष्मण जस्ता पनि मारिनुभयो, ठूलो क्षति पनि भयो । हामी भारतको जेलमा प¥यौं । तर वीपीले त्यस राजनीतिलाई पार लगाएर यहा“सम्म ल्याउनुभयो । सशस्त्र क्रान्ति सफल भएन । वीपीको पनि अपमान भयो । त्यस पछि वीपी नेपाल फर्किनुभयो । हामी १२ वर्ष पछि आउ“दा कांग्रेसलाई समाप्त पार्ने काम यहा“ भइरहेको थियो । कम्युनिष्ट र राजा मिलेर यो काम गरिरहेका थिए । वीपीले प्रजातन्त्र के हो भनेर बहस चलाउन थाल्नुभयो । यही बहसले उनीहरूलाई एक प्रकारले खत्तम नै पारिदिनुभयो । मैंले त्यसको उपलब्धि यही मानेको छु ।
के अपहरणले नेपालको लोकतान्त्रिक आन्दोलनलाई मजबुद गरायो ?
हिंसा भनेको सिद्धान्त होइन, यो बाध्यता हो । सैद्धान्तिक रूपमा हिंसक हो भने त्यसले राम्रो गर्दैन । बाध्यात्मक रूपमा तपाईंले त्यो काम गर्नुभएको छ भने त्यसले राम्रै गर्छ ।
तपाईंहरू पहिलेदेखि प्रजातन्त्रको स्थायित्वका लागि लडिरहनुभयो ? आजसम्म पनि संस्थागत हुन सकेन नि ?
पहिले पनि हुन सकेन । वीपी कोइरालाले राजास“ग मिलेर निर्वाचनमा मत माग्नुभयो । त्यतिखेर मत पनि धेरै नै आयो । यो राजा र कांग्रेस दुवै मिल्दा भएको थियो । तर आज आएर हेर्दा राजा पनि संस्थागत हुन सकेन । राजा र कांग्रेसको लडाईं हु“दा दुवैलाई राम्रो भएन । राजा त गए–गए, कांग्रेस पनि आजसम्म संस्थागत हुन सकिरहेको छैन । हामी जुन उद्देश्यका लागि स्थापनाकालदेखि लड्दै आयौं, त्यसबाट विषयान्तर भएकाले संस्थागत गर्न सकेनौं । संस्थागत हुन सकेको भए विकासको गति अघि बढ्न सक्ने थियो । मानसिक रूपले चेतना आएको छ । परिवर्तनमा तर संस्थागत गर्न अब केही समय लाग्छ । हामीले गल्ती गर्दै गए पनि त्यसबाट केही सिक्दै पनि गएका छौं । नेपाली कांग्रेसले उठाएको लोकतन्त्रको नारालाई राजासम्मले पनि स्वीकार गरेको विगतको अवस्था थियो । यसमा हाम्रो कांग्रेसको मात्र गल्ती छैन । आधुनिक नेपाल निर्माण गर्ने पृथ्वी नारायण शाहका प्रतिनिधिले समयमा नै नसोचिदि“दा आज हामीले यो परिस्थिति भोगिरहेका छौं । मलाई लाग्छ अब केही समयभित्र लोकतन्त्र संस्थागत हुन्छ ।
के त्यसो भए लोकतन्त्र र कांग्रेस पर्यायवाची हो ?
नेपालमा त्यस्तै त्यस्तै छ । अर्काे त्यस्तो पार्टी, अर्का त्यस्ता व्यक्ति जसले मूल्य र मान्यताको राजनीति अघि बढाउन सकेका छैनन् । हुन त कांग्रेस भनेको एउटा शब्द हो । कांग्रेस भनेको सभा पनि हो । त्यसैगरी कांग्रेस भनेको सबै पक्षको स्वतन्त्रताको सम्मान गर्ने, वैचारिक सम्मान गर्ने पार्टीका रुपमा नेपालमा जन्म भयो । त्यो अहिलेसम्म पनि छ । त्यसैले नेपालमा लोकतन्त्रको पर्यायवाची कांग्रेस अहिलेसम्म छ । कांग्रेसले गल्ती गरिरहेको छ, तर कांग्रेसको विकल्पमा अरु कुनै पार्टी भएर देखा परेका छैनन् । अहिले बनेका कुनै पनि पार्टीले हामीले ‘प्योर’ रूपमा प्रजातन्त्र अघि बढाउ“छौं, हाम्रो समाजवादी दृष्टिकोण यस्तो छ भनेर अहिलेसम्म अन्य कुनै पनि पार्टी नआएकाले त्यो सबै ठाउ“ कांग्रेसले नै ओगटेको छ ।
अहिले नेपाली कांग्रेसको भूमिका कस्तो हुनुपर्छ जस्तो लाग्छ ?
नेपाली कांग्रेसको संगठन पहिले जस्तो अब छैन । संगठनमा सैद्धान्तिक धार र प्रजातन्त्र बुझेका मानिस छैनन् । नेपाली कांग्रेसको बाह्रौं महाधिवेशन भएको ठाउ“ राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा म गएको थिए“ । सभापतिमा तीनजना उम्मेद्वार ः भीमबहादुर तामाङ, शेरबहादुर देउवा र सुशील कोइराला हुनुहुन्थ्यो । त्यसमा सबैभन्दा राम्रो उम्मेद्वार को हो भनेर मैंले हाम्रा महाधिवेशन प्रतिनिधिहरूलाई सोधे“ । उहा“हरूले भीमबहादुर तामाङ भन्नुभयो । जित्छ कसले भनेर पनि सोधे“ । उहा“हरूले भन्नुभयो, सुशील कोइरालाले जित्नुहुन्छ । अब यसरी लोकतन्त्र चल्छ ? राम्रो मान्छे जसलाई कार्यकर्ताले चुन्छन् र लोकतन्त्र चल्छ । मैंले उहा“हरूलाई भने“, मूल्य र मान्यता जसले बोकेको छ, उसैलाई जिताउनुभयो भने न देशमा केही हुन्छ । अन्य कुराले त केही हु“दैन । तर हाम्रो समयमा यस्तो थिएन । हाम्रो पालामा कार्यकर्ताले रक्सी खाएर मैंले कारवाही गरेको छु । हाम्रो संगठन त्यसरी बनेको थियो । हामीले मान्छे मार्ने स्वतन्त्रता दिनुहु“दैन ।
कांग्रेसले प्रजातन्त्र भन्दै गणतन्त्र र संघीयतासम्म स्वीकार ग¥यो, यो निर्णय ठीक थियो कि के थियो ?
यो इतिहासले बताउला । हामीले स्थापनाकालदेखि नै राजतन्त्रलाई मान्दै आएका हौं । राजा खराब हुन सक्छ, संस्था खराब हु“दैन भन्यौं । वीपीले बारम्बार जेल बस्दा पनि र कांग्रेसलाई अराष्ट्रिय तत्वभन्दा पनि राजालाई मान्छु भन्नुभयो । माओवादीस“ग वार्तामा जानेहरूस“ग हामीले यो कुरा उठाएका पनि थियौं । तर यो कुरा गिरिजाप्रसाद कोइरालाले सुन्नुभएन । धर्म निरपेक्ष र राजतन्त्रका बारेमा जनमत संग्रह हुनुपर्दछ भन्ने कुरा त्यतिखेर उठेको थियो । माओवादीले मान्छे मारेर र आतंक मच्चाएर आएको थियो । कांग्रेसका धेरैभन्दा धेरै मान्छे मारिइरहेका थिए । भय र आक्रान्त भएको बेलामा संविधानसभाको चुनाव भयो । मान्छेले खुल्ला मनले केही भन्नै पाएनन् । यही आतंकमा संविधानसभा आएका कारणले संविधानसभाले संविधान बनाउन सकेन । संविधानसभाले गणतन्त्र घोषणा त ग¥यो । तर उसको काम संविधान बनाउने पनि थियो, त्यो बनाउन सकेन । अहिलेको समयमा संविधानसभाको माग माओवादीको थियो, सरकार माओवादीको थियो तर उनीहरूले संविधान बनाउन चाहेनन् । कांग्रेसको पहिला संविधानसभाको ऐजेण्डा थियो । तर यसलाई मात्र समातेर मात्र कांग्रेस बसेन । कांग्रेसले ०४६ सालको आन्दोलनमा पनि यो कुरालाई उठाएन । किनभने कम्युनिष्टहरू शक्तिशाली बनेर देखिएका थिए । जसका कारण संविधानसभा भन्ने बित्तिकै गणतन्त्रको कुरा आउने र त्यसबाट कांग्रेसले पार पाउन नसक्ने भएको हु“दा नभनिएको हो । अहिले समय आएको छैन, समय आए पछि गणतन्त्रको एजेण्डा अघि बढाउनु पर्दछ भन्ने मान्यता वीपीमा पनि थियो । संविधानसभाको कुरा हु“दा मैंले एकपटक वीपीलाई सोधेको थिए“ – संविधान सभा के भयो भनेर । उहा“ले मलाई भन्नुभयो – संविधान चाहिएको हो कि संविधानसभा ।
के त्यसो भए राजतन्त्रको समाप्तिपछि कांग्रेसको सान्दर्भिकता पनि समाप्त भएको हो ?
कांग्रेस भनेको नेपाली जनताको लोकतान्त्रिक संस्था हो । राजा भनेको परम्परागत संस्था हो । राजतन्त्रको अन्त्य पनि नारायणहिटीमा बस्नेको अन्त्य भएको छ । तर आज पनि नेपाली जनताले पिण्ड–पानी दिइनै रहेका छन् । यो पनि राजतन्त्र मानेको हो नि ।
विश्वका कतिपय मुलुकहरूमा राजाको समाप्ति पछि पनि कुरा उठिरहेको हामी पाउ“छौं । के नेपालमा राजाको विषयमा उठेको कुराले फेरि राजसंस्थाको पुनःस्थापना हुन्छ भन्ने लग्छ यहा“लाई ?
आउ“दैन, सम्भव नै छैन । अब फेरि राजसंस्था पुनःस्थापना हुनु भनेको अनर्थ हुनु हो । हुन त राजनीतिमा भन्न सकि“दैन । तर पनि राणा शासन गयो, र फर्केर आएन । पृथ्वी नारायण शाहले एउटा मूल्य र मान्यतामा स्थापित गरेको संस्थामा बसेर गल्ती गरे यिनीहरूले । जनप्रिय संस्थाको रूपमा अघि बढ्नुपर्नेमा यिनीहरूले सकेनन् । बेलायतमा कानले सुन्ने र आ“खाले देख्ने हु“दा आजसम्म पनि राजसंस्था रहेको छ । यहा“को राज संस्थाले देख्नै सकेन, सुन्नै सकेन, आफै बिदा भएर गयो । लोकतन्त्रको अन्त्य हु“दैन, लोकतन्त्र    रहिरहन्छ ।
आफ्नो राजनीतिक जीवनलाई मूल्याङ्कन गर्दा कस्तो पाउनु हुन्छ ?
म अहिलेसम्म भारत प्रवासमा पनि बसे“, जेल पनि बसे“ । यो सबै काममा मलाई राम्रो लागिरहेको छ । कमसेकम मैंले धेरै परिवर्तनहरू पनि हेर्न पाए“ । पछिल्लो पटक माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन वार्तामा पनि लागे“ । उनीहरूलाई शुरुमा भेट्दा राम्रो पनि मानेको थिए“ । गिरिजाप्रसाद कोइरालाले सत्ता संचालन गरेको पनि देखे“ । गिरिजाप्रसाद र माओवादी दुवै सत्तामा आए पछि कस्ता–कस्ता काम भए भन्ने पनि मैंले देखे“ । वीपी कोइरालालाई पनि देखे“ । वीपी भन्नुहुन्थ्यो – मैंले जुन किसिमको मूल्य र मान्यता स्थापित गरेको छु, त्यो मान्यतालाई कांग्रेसले छोडेन भने नेपाल यसै मान्यताबाट विकसित हुन्छ । तर त्यो कुरा अहिले कांग्रेसले छोड्यो । कांग्रेसले अहिले समाजवाद छोड्यो, अहिले जुन किसिमको उपभोक्तावादी समाज बनेको छ, जुन खुला अर्थ व्यवस्था भनिएको छ, यसले धनी र गरिबका बीचमा झन् ठूलो दूरी कायम गराएको छ । केही समय समाजवादी अर्थतन्त्रको अभ्यास गर्नै पथ्र्याे । कांग्रेसको ‘लेटरप्याड’मा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद लेखिएको हुन्छ । नेपाली कांग्रेसको राजतन्त्र राख्ने एउटा प्रतिबद्धता पनि थियो । किनभने यो संस्था पुरानो हो र जनप्रिय पनि हो । यसलाई संवैधानिक रूपमा राख्नुपर्दछ भन्ने मान्यता कांग्रेसको थियो । संवैधानिक राजतन्त्र स्थापित गर्ने कुरामा कांग्रेस चुक्यो । वीपी कोइरालालाई राजदरबारमा राजालाई भेट्न जा“दा राजाले भेट दिएनन् । उहा“ अपमानित भएर निस्कि“दा पनि राजा मान्छु भन्नुहुन्थ्यो । उहा“ले नेपालको राजसंस्था एकताको प्रतिक छ । संवैधानिक रूपमा राख्नुपर्छ । अर्काे संस्था नबनिकन यसलाई विस्थापित गर्दा अस्थिरता उत्पन्न हुन्छ भन्नुहुन्थ्यो ।
नेपाली कांग्रेसले राजसंस्थालाई स्थापना गर्न नखोजेको हो कि त्यो संस्था बस्न नचाहेको हो ?
राजा आफैले गल्ती गरेको हो । नेपालका राजाको कानमात्र हु“दो रहेछ, आ“खा हु“दो रहेनछ । भगवानको आ“खा हुन्छ कान हु“दैन भन्छन् । राजाका नजिकमा बसेका मान्छेले कानमा सुनाइदिएको भरमा मात्र त्यस्ता मान्छेले राजसंस्था थाम्न सक्दा रहेनछन् । अहिले बा“चिरहेका अन्य मुलुकका राजाहरूस“ग आ“खा र कान दुवै भएर नै बा“चेका होलान् ।
इमान्दार, त्यागी र इतिहास भएकालाई पार्टीले हेरेन भन्ने पनि सुनिन्छ नि ?
जहा“ पनि त्यस्तै हो । माओवादीमा पनि अहिले सबै भुइ“खुट्टाहरू आएका छन् । वीपी कोइरालाले भन्नुहुन्थ्यो – एक पटक यस्तो हुन्छ, तिमीहरू मूल्य र मान्यता बोकेर बस्छौ । त्यस समयमा पार्टीले चुनाव जित्ला पनि तर त्यतिबेला कार, सुख–सुविधा दिएर जसले खान बोलाउ“छ, उसैको चहल पहल पार्टीमा हुन्छ । त्यो भुईंखुट्टा हो, त्यसले देश चलाउ“दैन । त्यसको पनि सीमा हुन्छ । फेरि मूल्य र मान्यताको जीवन राष्ट्रिय राजनीतिमा स्थापित हुन्छ । अब त्यही हु“दैछ । लोकतन्त्रको कुरा गर्ने पहिले नेपालमा थोरै थिए । वीपी कोइरालाले शुरु गर्दा उहा“हरू २÷३ जना मात्र हुनुहुन्थ्यो । आज फैलिएर यत्रो भएको छ । मूल्य र मान्यता भनेको पनि थोरैले बचाएर राख्नुपर्छ । फेरि त्यो फैल“दै–फैल“दै जान्छ । अपराध गरेर बस्न सजिलो छ, सम्मानित भएर बस्न गाह्रो छ । समाजमा समान भएर बस्न पनि गाह्रो छ । महात्मा गान्धीले लण्डनमा गएर एउटा धोती मात्र लगाएर बस्दा उनलाई राजालाई भेट्न दिएनन् । म अब राजालाई भेट्दिन“ भन्नुभयो । तर पछि सम्राट आफैले उहा“लाई भेट्नु प¥यो । यस्तो गर्ने थोरै हुन्छन् । यी थोरैले नै स्थापित गरेको कुरा मान्नुपर्छ । सिद्धान्त पनि थोरै मान्छेले मात्र बनाएका हुन्छन् । नेपाली कांग्रेसमा केही मूल्य र मँन्यता स्थापित गर्न चाहने मानिसहरू छन् । संघर्ष भइ नै रहेको छ । खराबको परिणाम खराब नै आउ“छ, राम्रोको परिणाम राम्रै आउ“छ । गएको कांग्रेस पार्टीको चुनावमा मूल्य र मान्यताको आधारमा नरहरिजीहरू चुनाव लड्दै गर्दा हार्नुभयो । उहा“ हारेर केही भएन । सुशीलजीहरूले जित्नुभयो । तर त्यसले के पार लगायो त ? अहिलेसम्म कांग्रेसले आफ्नो स्वरूप तयार गर्न सकेको छैन । अर्काे चुनाव हुने बेला भइसक्यो । अहिलेसम्म जनतामा केही सन्देश पुग्न सकेको छैन । संघीय राज्य स्वीकार गरेको छ । त्यसमा केही भन्न सकिएको छैन । जनतालाई संघीय राज्यको बारेमा के फाइदा, के असर पु¥याउ“छ भन्ने बारेमा कांग्रेसले स्पष्ट धारणा राख्नुपर्ने हो । अहिलेसम्म केही राख्न सकेको छैन । अरूले कांग्रेसलाई संघीय राज्य मान्दैन भनेका छन् । कांग्रेसले चाहीं हामी मान्छौं भनेका छन् । तर त्यसको रूटमा गएर, जनतास“ग छलफल गरेर, आफ्ना कार्यकर्तालाई प्रशिक्ष्ँित गराएर, संघीयता भनेको यस्तो हो, विकेन्द्रीकरण संघीयतामा यस्तो हुन्छ भनेर कांग्रेसले भन्नुपथ्र्याे । अब यो भन्न नसक्नु नेतृत्वकै कमजोरी हो ।
अहिले पनि मुलुकको नेतृत्व गर्न कांग्रेस सक्षम छ ?
लोकतन्त्रको नेतृत्व कांग्रेसले नै गर्नुपर्छ । मैंले यसमा कांग्रेस व्यक्ति भनेको छैन, कांग्रेस संस्थाले नै गर्नुपर्छ । कांग्रेसको इतिहास छ । यसका आदर्श व्यक्तित्वहरू वीपी, सुवर्ण शमशेर, गणेशमान, कृष्णप्रसाद, गिरिजाप्रसाद जस्ता सम्मानित व्यक्तित्वहरू हुनुहुन्छ । कुनै पनि पार्टीको इतिहास त्यस देशको इतिहास हो । त्यसलाई सबैले सम्मान गर्नुपर्छ । नेपाली जनताले यसलाई सम्मान पनि गर्छ । सिरियामा प्रधानमन्त्री छाड्दिन“ भनेर बमबारी भएको छ । यहा“ पनि प्रधानमन्त्री छाड्दिन“ भनेर मुलुकलाई बमबारी तर्फ लैजा“दै छन् । यही प्रधानमन्त्रीको त्याग गर्न सक्ने नेता गणेशमान सिंह यही कांग्रेस पार्टीको पु“जी हो । कांग्रेसको इतिहास र सम्मानित नेतृत्व भएको हु“दा अबको नेतृत्व कांग्रेसले नै गर्नुपर्छ ।

Post a Comment

 
Top