0

 अध्यक्ष रेग्मीका छिमेकीले पत्रिका जलाए

, साउन ४ - मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीका छिमेकी तथा गाउँलेहरुले पत्रिका जलाएका छन् ।

कान्तिपुर दैनिक पत्रिकामा शुक्रवार प्रकाशित रेग्मीको खेतमा चक्रपथ शीर्षकको समाचारको बिषयलाई लिएर उनीहरुले पत्रिका जलाएका हुन् ।
कान्तिपुर दैनिकको शुक्रवारको अंकमा मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले आफ्नो जमिन भएको ठाउँमा शहर बसाउने उद्देश्यले अनावश्यक स्थानमा चक्रपथ बनाउन बजेट छुट्याईएको खबर छापिएको छ ।  बेलुकी ६ बजे पोखराथोक ३ देउरालीमा गाउलेहरु भेला भएर गाउँमा आउने ७ वटा पत्रिका जलाएको स्थानीय रनबहादुर कुमालले जानकारी दिनुभयो ।
नारा जुलुस सहित पत्रिका जलाएपछि आयोजित कोणसभालाई सम्बोधन गर्दे  पोखराथोक गाबिसका पूर्व अध्यक्ष नरेश नेपालले समग्र पाल्पाको बिकासको लागि परेको बजेटको बारेका नकारात्मक समाचार सम्प्रेषण गरेर स्वय मन्त्री परिषदका अध्यक्ष र आम पाल्पालीहरुको भावनामा चोट पु¥याएको बताउनुभएको छ ।
आफुले भन्दै नभनेको कुरालाई बंग्याएर समाचार आएको स्थानीय रनबहादुर कुमालले बताउनुभएको छ । माडीफाटमा चक्रपथको आवश्यकतासंगै गाउँका बाटोहरुको स्तर उन्नती पनि आबश्यक छ मात्रै भनेको तर समाचार उल्टो आएको उहाँले जानकारी दिनुभयो ।
पत्रिकामा आएको समाचारप्रति आम पाल्पालीहरुले खेद ब्यतm गरेका छन् । पाल्पाको बिकास नचाहानेहरुले गलत समाचार सम्प्रेषण गरेको उनीहरुले बताएका छन् ।  नेपाली काँग्रेस पाल्पाका सभापति वीरबहादुर रानाले समाचारले समग्र पाल्पालीहरुलाई दुखित तुल्याएको बताउनुभएको छ ।
माडी फाँटमा  चक्रपथ बनाउने कुरा २० बर्ष अघिनै जिबिसले पारित गरेको र त्यो अत्यन्तै आवश्यक रहेको भन्दै चक्रपथ निर्माणको लागि आफूहरुले पटक पटक माग गरेको  तर समाचारमा आफ्नो प्रतिकृया उल्टो छापिदिएको उहाको भनाई छ ।
पाल्पा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष एबं उधोग बाणिज्य संघका केन्द्रिय सदस्य भुषण राज लवटका अनुसार आजको समचारले भोली पाल्पाको बिकास गर्न चाहनेहरुलाई पनि निरुत्साहित गरेको बताउनुभयो ।
हिजोका मन्त्री एबं राजनैतिक दलका नेताहरुले करोडौ, अरबौ रुपिया आफ्नो ठाउँमा लगेको नजिर हुँदा हुँदै २०–३० लाख रुपैयाँ आफ्ना जिल्लामा बजेट पार्देमा समाचार बनाउनु आबश्यक नभएको लवटले प्रतिकृया दिनुभएको छ ।

Post a Comment

 
Top